काठमाडौं । केहि दिन देखि सामाजिक सञ्जालहरु यस्तो एउटा भिडियो सार्वजनिक भएको छ, जुन भिडियो निकै चर्चामा छ । जुन भिडियोमा भारतमा रहँदै आएका तिब्बतका राजनितिज्ञ तथा बुद्ध धर्मावलम्बिहरुको महान गुरुको रुपमा कहलिएका दलाई लामाले गौतम बुद्ध नेपालको होईन भन्ने अभिब्यक्ति दिएका छन् ।
बुदिष्टहरुले अवतारी गुरुको रुपमा मान्दै आएका लामाले भारतमा आयोजित एक समारोहमा बुद्ध नेपालको होइन भन्ने अभिब्यक्ति दिएका हुन् । सार्वजनिक भिडियोमा लामाले अभिब्यक्ति दिँदै ‘तपाँईलाई था छ, बुद्ध नेपाली हो की इण्डियन ?’ भन्ने प्रश्नका नेपालीहरुको हाँसो उडाउँदै उनले भने, ‘केहि नेपालीहरुले भन्छन, नेपालको लुम्बिनीमा बुद्ध जन्मेको हो, तर यो कुरा हावा हो । बुद्ध भारतमा जन्मेको हो ।’
गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेको कुरा ध्रुब सत्य हो । तर, लामाले सो भिडियोमा बुद्ध भारतको हो, भारतमा जन्मेको हो भन्दै बुद्धको किङ्डम भारत रहेको दाबी गरेका छन् । साथै भ्रम फैलाईरहेका छन् । त्यसोत, उनले सार्वजनिक भिडियोमा बुद्ध धर्म राम्रो धर्म नभएको पनि अभिब्यक्ति दिएका छन् ।
दलाई लामाले बोलेका भ्रामक अभिब्यक्ति यस्तो छः
https://youtu.be/rYs_ocQOPg8








