
दमक/झापा क्षेत्र न ५ को ख वाट प्रदेशसभा सदस्यका उम्मेद्वार अर्जुन राईले मजदूरहरुको हकअधिकार शुनिश्चित र धनिपूर्जा समस्या अब लामो समयसम्म रहिरहन नदिने बताएकाछन् । उनले आफू निर्वाचित भएपछि सुकुम्बासी समस्या सामधान गरेर नै छाड्ने बताउदै ढुक्क हुन राइले आग्रह गरेकाछन् ।
राप्रपा सहितको बाम गठबन्धनका साझा उम्मेद्वार राईले बुधबार दमक ४ मा गरिएको घरदैलोको क्रममा चिया बगानका मजदुरहरुसंगको छलफलमा यस्तो बताएकाहुन् ।
मजदूरहरुले आफूहरुका समस्या सामधान गर्नेलाइ मत दिने बताएका थिए । उनिहरुले राइको पक्षमा आफूहरु सकारत्मक रहेको भन्दै माग पुरा गर्नका लागि आग्रह गरेका थिए ।
राइले सुकुम्बासी र मजदूरको समस्याको बिषयमा आफूलाइ धेरै जानकारी भएको जनाउदै समस्या सामधान गरेर नै छाड्ने जनाएका थिए । राइ पहिले झापामा सुकुम्बासी समस्या सामधान आयोगको अध्यक्ष समेत भएका थिए ।



