कसरी गर्ने मतदान ?

प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा मतदाताले तीनवटा मतपत्रमा मतदान गर्नुपर्नेछ । तीनवटै मतपत्र फरक–फरक छन् । मतदाताले यी तीन मतपत्र छुट्टाछुट्टै मतपेटिकामा खसाल्नुपर्नेछ ।

निर्वाचन आयोगका अनुसार सबैभन्दा पहिला प्रतिनिधिसभा सदस्यका लागि मत हाल्न मतदाताले हरियो रङको मतपत्र प्राप्त गर्नेछन् । सो मतपत्रमा आफूले रोजेको उम्मेदवारको चिह्नमा छाप लगाएर मतपेटिकामा खसालेपछि मतदाताले कालो रङको मतपत्र प्राप्त गर्नेछन् । यो मतपत्र प्रदेश सभा सदस्य चयन गर्नका लागि हो ।

आफूले रोजेको उम्मेदवारको चिह्नमा छाप लगाएर कालो रङको मतपत्रलाई मतपेटिकामा खसालेपछि मतदाताले रातो रङको मतपत्र प्राप्त गर्नेछन् । रातो रङको मतपत्र समानुपातिकतर्फ मतदान गर्नका लागि हो ।, यो खबर आजको नयाँ पत्रिकामा छ ।

यस मतपत्रको माथिल्लो भागमा प्रतिनिधिसभाका लागि दलको निर्वाचन चिह्न समावेश हुनेछ । सोही पानाको तल्लो भागमा प्रदेशसभातर्फका दलको निर्वाचन चिह्न समावेश हुनेछ ।

दलहरूले एउटै पानामा प्रतिनिधिसभा र प्रदेश सभातर्फ आफूले रोजेको दलको चुनाव चिह्नमा समानुपातिक मत खसाल्नेछन् । यसरी तीनवटा मतपत्रमार्फत चारपटक मतदान गर्नुपर्नेछ ।

मतगणना कहिले ?

पहिलो चरणमा निर्वाचन हुने जिल्लाको मतगणना पनि २१ मंसिरबाट सुरु गरिनेछ । निर्वाचन आयोगका अनुसार १० मंसिरको निर्वाचनपछि सुरक्षित राखिएका ३२ जिल्लाका मतपेटिकालाई २१ मंसिरमा दोस्रो चरणको निर्वाचन सम्पन्न भएपछि एकैपटक गणनाका लागि खोलिनेछ ।

मतपेटिकाको सुरक्षा कसरी 
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतपेटिका राखिनेछ । मतपेटिकाको सुरक्षाको सम्पूर्ण व्यवस्थापन मुुख्य निर्वाचन अधिकृतले गर्नेछन् । मतपेटिकाको सुरक्षाका लागि राजनीतिक दलका प्रतिनिधि पनि खटिनेछन् ।

‘मतपेटिका दलहरूका प्रतिनिधिहरूको रोहबरमै रहने गरी व्यवस्था गरिनेछ,’ प्रवक्ता नवराज ढकालले भने, ‘हिमाली क्षेत्रका मतदान केन्द्रबाट हेलिकोप्टरमार्फत मतपेटिका संकलन गर्नुपर्ने भएका कारण हेलिकोप्टरमा दलका कतिजना प्रतिनिधि अटाउँछन्, त्यतिलाई नै राखेर ल्याइने व्यवस्था गरिनेछ ।’

दलहरू के भन्छन् ?
वाम गठबन्धनका नेताहरूले मतपेटिकाको सुरक्षाबारे आयोगसँग चासो राखेका छन् । आयुक्तहरूसँगको भेटमा बिहीबार नेतताहरूले सुरक्षाकर्मीको साथमा दलका प्रतिनिधिलाई समेत मतपेटिकाको सुरक्षार्थ राख्नुपर्ने बताएका थिए ।

आयोगले वाम गठबन्धनको चासोलाई गम्भीरतापूर्वक लिने जनाएको छ । ‘मतपेटिकाको सुरक्षा प्राविधिक विषय भए पनि दलहरूका लागि विश्वासको वातावरण बनाउनुपर्ने हुन्छ,’ आयुक्त नरेन्द्र दाहालले भने ।

मुुुुख्य निर्वाचन अधिकृतले तोकेकोे स्थानमा सुरक्षित साथ मतपेटिका राखिने भएकाले आयोगको निर्णयमा सहयोग पुर्याउनुपर्ने कांग्रेस नेता बालकृष्ण खाणको भनाइ छ । खाणले मतपेटिका राखेको ठाउँमा दलहरूले छुट्टाछुट्टै ताल्चा लगाउन आवश्यक नभएको बताएका छन् ।

सिडिओ सरुवा रद्द 
उपसचिवहरूको काजसरुवा गर्ने गृह मन्त्रालयको निर्णय रद्द गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ । गृहको कदम आचारसंहिताविपरीत भएकाले तत्काल रद्द गर्न निर्देशन दिइएको आयोगले जनाएको छ । मंगलबार आयोगको सहमतिविना नै गृहले तीनजना सिडिओसहित ६ उपसचिवलाई सरुवा गरेको थियो ।

आयोगले काजसरुवा रोकिएको सक्कल फाइल नै आयोगमा २४ घन्टाभित्र उपलब्ध गराउन गृहलाई निर्देशन पनि दिएको छ । गृहले मंगलबार रसुवामा चोमिन्द्र न्यौपाने, सोलुखुम्बुमा सुनील खनाल र भोजपुरमा फणिन्द्र दाहाललाई सरुवा गरेको थियो ।

सोही दिन नुवाकोटमा वीरेन्द्रकुमार यादवलाई सिडिओमा सरुवा गरेको थियो । नुवाकोटको सरुवा भने आयोगको सहमतिमा भएको, तर अन्य जिल्लाका सिडिओ सरुवामा आयोगका सहमति नभएको आयुक्त नरेन्द्र दाहालको भनाइ छ ।

इयू प्रतिनिधिलाई पर्यवेक्षण रद्द
निर्वाचन आयोगले युरोपियन युनियन (इयू)का प्रतिनिधिलाई कञ्चनपुरको निर्वाचन पर्यवेक्षणमा रोक लगाउने निर्णय गरेको छ । आयोगको बिहीबार बसेको बैठकले इयूका प्रतिनिधि अनावश्यक चासो देखाएको निष्कर्ष निकालेको छ ।

यसबारे आयोगले शुक्रबार इयूका नेपाल प्रतिनिधिसँग छलफल गर्दै छ । ‘कञ्चनपुर जिल्लामा पर्यवेक्षणमा गएको इयूको टोलीले गलत गरेको पुष्टि भएको छ । तर, इयूका नेपाल प्रतिनिधिसँग छलफल गरेपछि कारबाही प्रक्रिया अगाडि बढ्नेछ,’ आयोगका आयुक्त नरेन्द्र दाहालले नयाँ पत्रिकासँग भने ।

टोलीलाई फिर्ता बोलाइनेछ । कञ्चनपुरमा परिचालित इयूको पर्यवेक्षण टोलीमा लार्स–गोरेन, प्लाग मेन, इभा सुहोनन् र नेपाली दोभाषे पुष्कर पाण्डे थिए । पर्यवेक्षणका नाममा अदालत र राजनीतिक दलका गोप्य सूचना माग गर्नेजस्तो आपत्तिजनक कार्य गरेको आरोप लागेपछि बुधबार मुख्य निर्वाचन अधिकृत डा. राजेन्द्रकुमार आचार्यले उनीहरूमाथि कारबाहीको सिफारिस गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah