सुर्खेत : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि कसैले ढाल्न नसक्ने सरकार बनाउने दाबी गरेका छन् । बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा भएको वाम गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै ओलीले निर्वाचनपछि कम्युनिष्ट पार्टीको नेतृत्वमा कसैले ढाल्न नसक्ने स्थिर सरकार बन्ने दाबी गरेका हुन् ।

प्रत्येक ६-६ महिनामा सरकार फेरिने नियतिको अन्त्य गर्न र मुलुकलाई स्थिर सरकार दिएर समृद्ध बनाउने उद्देश्यसहित एमाले र माओवादीको गठबन्धन कायम गरेको उनको भनाइ छ । निर्वाचनलगत्तै दुई पार्टीबीच एकता हुने भन्दै ओलीले त्यसपछि बन्ने सरकारले सदाका लागि मुलुकको अस्थिरता अन्त्य गर्ने दाबी गरे । ‘निर्वाचनपछि हाम्रै नेतृत्वमा स्थिर सरकार बन्छ र त्यसले मुलुकमा समृद्धि ल्याउँछ’, ओलीले भने । चुनाव अगावै पार्टी एकता गर्ने कुरा विविध कारणले पूरा नभएपनि निर्वाचन लगत्तै एकता हुने बताए । ‘समय नपुगेकाले चुनावअघि एकता हुन सकेन’, ओलीले भने, ‘तपाइँहरु ढुक्क हुनुहोस्, निर्वाचन लगत्तै पार्टी एकता हुनेछ ।’ अन्नपूर्ण पोस्टमा खबर रहेको छ

उनले मुलुकको विकास र आफ्ना सन्ततीको सुन्दर भविष्य चाहने हरेक नेपालीले वाम गठबन्धनका उम्मेदवारलाई जिताउने जिकिर समेत गरे । कम्युनिस्टको नेतृत्वमा सरकार बनेपछि लोकतन्त्र खतरामा पर्छ भन्नु भ्रम मात्रै भएको उनले स्पष्ट परे । नेपाली कांग्रेसका नेताले कम्युनिष्ट सरकार बनेपछि लोकतन्त्र खतरामा पर्ने भनेर भ्रम छरिरहेको भन्दै ओलीले त्यस्तो भ्रममा नपर्न आग्रह गरे । ‘जसले लोकतन्त्र प्राप्तिका लागि लड्यो उनीहरुबाटै लोकतन्त्र खतरामा कसरी पर्छ ?’ ओलीले प्रश्न गरे । ज्योतिषीले प्रधानमन्त्री बनाइदिनेलाई जनताको वास्ता नहुने भएकाले जनताको साथ पाएर सकार बनाउने वाम गठबन्धनलाई भोट दिन ओलीले नागरिकसँग आग्रह गरे ।

सभामा सहभागी नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा ‘बादल’ ले वाम एकतालाई कसैले रोक्न नसक्ने दाबी गरे । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा वाम गठबन्धनले दुई तिहाई बहुमत ल्याएर सरकार बनाउने दाबी गरे । उनले मुलुकलाई सही मार्गमा हिडाउन वामपन्थी दलले निर्वाचन जित्नै पर्ने बताए । निर्वाचनमा वाम गठबनधनले दुई तिहाई बहुमत ल्याउने बताउँदै बादलले चुनावपछि वामपन्थी सरकार बन्न कसैले नरोक्ने बताए । उनले एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका आधार तयार भइसकेको भन्द्र औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको प्रष्ट पारे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah