काठमाडौं । सरकारले बुढी गण्डकी जलाशययुक्त आयोजना आफ्नै लगानिमा बनाउने निर्णय गरेको छ।शुक्रबार बसेको मन्त्री परिषदको बैठकले बहु चर्चित बुढीगण्डकी आयोजना स्वदेशी लगानिमा निर्माण गर्न भन्दै नेपाल विद्युत प्राधिकरणलाई जिम्मा दिने निर्णय गरेको हो ।

२ साता अगिमात्रै चिनियाँ कम्पनी गेजुवा ग्रुपबाट फिर्ता लिएको बुढीगण्डकी जलाशययुक्त आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय गरेर सरकारले राष्ट्रवादी काम गरेको भन्दै निजी क्षेत्रले स्वागत गरेको छ ।

मन्त्रिपरिषद बैठकपछि पत्रकार सम्मेलन गरेर ऊर्जा मन्त्री कमल थापाले १२ सय मेगावाट क्षयमताको बुढीगण्डकी आयोजना स्वदेशी लगानीमै निर्माण गर्ने निर्णय भएको जानकारी दिए ।

परियोजनाको लगानी जुटाउन र मोडालिटी तयार गर्न अध्ययन समिति गठन गरिने र समितिले दिएको प्रतिवेदनका आधारमा काम सुरु गरिने मन्त्री थापनको भनाई छ। दुई साता अघि गेजुवासँगको सम्झौता रद्द गर्दा मन्त्री थापाले पुर्ववर्ती सरकारले विना प्रतिस्पर्धा स्वेच्छाले सम्झौता गरेकाले फिर्ता गर्नु परेको बताएका थिए ।

सरकारले सम्झौता रद्द गर्ने निर्णय गर्दा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष प्रचण्डले आपत्ती जनाएका थिए । उनिहरुले भारतीय कम्पनीलाई दिने चलखेल भएको भन्दै प्रचार गरिरहेका वेला देउवा सरकारले आफ्नै लागानीमा आयोजना बनाउने निर्णय गरेको हो ।
हाम्रा कुरा बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah