
पहिलो चरणको आज भईहेको उच्च पहाडी हिमाली जिल्लाको मतदानमा जिल्लाका मतदातासहित राजनीतिक दलका प्रमुख नेताहरुसमेत उनिहरुसँगै मतदानमा सक्रिय छन । ३२ जिल्लामा भईरहेको पहिलो चरणको निर्वाचनमा २ दर्जन बढि शिर्ष नेतृत्व चुनावी मैदानमा छन भने उनिहरुले आआफ्नो मतदानकेन्द्रबाट आममतदातासँगै मतदान प्रक्रियामा सहभागी भएका छन ।
आजको निर्वाचनमा केहीबेर अघि नयाँ शक्ति पार्टीका संयोजक डाक्टर बाबुराम भट्टराईले गोरखा क्षेत्र नं २ बाट मतदान गर्नुभएको छ । भट्टराईले गोरखाको पालुङ्टार नगरपालिकाको अन्नपूर्ण मावि खोप्लाङ केन्द्रबाट मतदान गर्नुभएको हो । यस्तै सोही क्षेत्रबाट नेकपा माओवादी केन्द्रका तर्फबाट उम्मेदवार बनेका नारायणकाजी श्रेष्ठले समेत मतदान गरिसक्नुभएको छ । उहाँले सिरानचोक गाउँपालिका ८ बाट जौबारी मतदान केन्द्र मतदान गदैंै हुनुहुन्छ । श्रेष्ठ र भट्टराईबीचको प्रतिष्पर्धा नै पहिलो चरणको सबैभन्दा रोचक भिडन्तको अनुमान छ ।

नेकपा एमालेका नेता योगेश भट्टराईले ताप्लेजुङ मैवाखोला गाउँपालिका ३ बाट मतदान गर्नुभएको छ । भट्टराईले नारायणी उच्च माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट भोट हाल्नुभएको हो । नेपाली कांग्रेसका नेता चीनकाजी श्रेष्ठले गोरखा क्षेत्र नं. १ बाट भोट हाल्नुभएको छ । श्रेष्ठले आरुघाट गाउँपालिकाको भीमोदय उच्च माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रबाट भोट हाल्नुभएको हो ।
राप्रपा प्रजातान्त्रिकका संयोजक पशुपति शमशेर राणाले सिन्धुपाल्चोक १ क्षेत्रबाट भोट हाल्दै हुनुहुन्छ । सुनकोशी गाउँपालिका – २ मा भएको महेन्द्रोलय उच्च माध्यमिक विद्यालय राणाको मतदान केन्द्र हो । उहाँ बिहान ७ बजेभित्रै मतदान केन्द्र पुगेपनि मतदान भने ८ बजेसम्म नगरेको मतदान केन्द्रबाट टिभी अन्नपूर्ण रिपोर्टर दिनेश थापाले जानकारी दिनुभएको छ ।
नेकपा एमालेका नेता पृथ्वीसुब्बा गुरुङले लमजुङको क्व्होदासोथार गाउँपालिका – ९ को बुद्धोदय माध्यमिक विद्यालयबाट भोट हाल्नुभएको छ भने नेपाली कांग्रेसका नेता बलबहादुर केसी सोलुखुम्बुको नेचा सल्यान गाउँपालिकाबाट भोट हाल्दै हुनुहुन्छ । उहाँको मतदान केन्द्र बिपी साँस्कृतिक केन्द्र हो । तर केसीको क्षेत्रमा कही बिवाद उत्पन्न भएकाले अहिलेसम्म मतदान शुरु हुन सकेको छैन । माओवादी केन्द्रका नेता तथा गृहमन्त्री जनार्दन शर्माले रुकुम मुसीकोट नगरपालिका – ५ को यमुनानन्दनुमना उमाविबाट भोट हाल्नुभएको छ ।
कांग्रेस नेता अर्जुननरसिहं केसीले नुवाकोटको क्षेत्र नं. २ बाट भोट हाल्नुभएको छ । उहाँको मतदान केन्द्र ककनी गाउँपालिका २ को ओखरपौवा हो । यसैगरि डा.रामशरण महतले नुवाकोटको क्षेत्र नं. १ मा भएको पञ्चकन्या गाउँपालिका वार्ड नम्बर २ को राष्ट्रिय उच्च माबि केन्द्रबाट भोट हाल्नुभएको हो । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले हुम्लाको प्रदेश सभा ख को खर्पुनाथ गाउँपालिका – ५ बाट भोट हाल्नुभएको छ । उहाँको जिल्लाको केही स्थानमा ढिला मतदान शुरु भएपनि शाहीको मतदान केन्द्र भुगुण्डामा कुनै समस्या नरहेकाले उहाँले ७ बजेर २२ मिनेट जाँदा भोट हालेको हाम्रा हुम्ला रिपोर्टर जय शाहीले जानकारी दिनुभयो ।
एमाले नेता शेरधन राईले भोजपुरबाट भोट हाल्नुभएको छ । राईले आमचोक गाउँपालिका ३ को पसलेभञ्ज्याङ् मतदान केन्द्र बाट भोट हाल्नुभएको हो । यस्तै माओवादी केन्द्रका नेता दिनानाथ शर्माले बाग्लुङबाट मतदान गर्नुभएको छ । उहाँले अमलाचौरको पृथ्वी उच्च माबी मतदान केन्द्रबाट भोट हाल्नुभएको हो । यस्तै एमाले नेता राजेन्द्र पाण्डेले धादिङको गजुरी गाउँपालिका २ को कन्या प्राथमिक विद्यालयबाट भोट हाल्नुभएको छ । भने माओवादी केन्द्रका नेता वर्षमान पुनले रोल्पालको लिवाङ नगरपालिका ६ को नाम्लिमा मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।

यहि मतदान केन्द्रबाट माओवादी केन्द्रका नेता तथा पूर्व सभामुख ओनसरी घर्तीले पनि सँगै भोट हाल्नुभएको हाम्रा संवाददाता उमेश जैसीले जानकारी दिनुभयो । यस्तै माओवादी केन्द्रका अर्का नेता कुलप्रसाद केसीले रोल्पा लिबाङ नगरपालिका ६ को कोटगाउँ मतदान केन्द्रबाट भोट हाल्नुभएको छ । माओवादी केन्द्रकै नेता शक्तिबहादुर बस्नेतले जाजरकोटको भेरी नगरपालिका – १ को बागेश्वरी निम्न माध्यमिक विद्यालयको पिपे मतदान केन्द्रबाट भोट हाल्नुभएको छ । माओवादी केन्द्रका नेता अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोक १ को चौतारा साँगाचोकगढी नगरपालिका ४ को पञ्चकन्या माध्यमिक विद्यालयबाट मतदान गर्नुभएको हो ।



