बिनु पोखरेल 

नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो प्रतिनिधिका रुपमा जिल्ला खट्न झापाका कार्यकर्तालाई निर्देशन दिनुभएको छ । झापा–काठमाडौं सम्पर्क मञ्चले शनिवार राजधानीमा आयोजना गरेको भेलालाई सम्बोधन गर्दै ओलीले आफू देशभर चुनावी अभियानमा हिंड्नु पर्ने भएकाले झापामा आफ्नो प्रतिनिधिको रुपमा सक्रिय हुन कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

‘म अहिलेसम्म बिमारी नै हुँदा पनि निश्क्रिय बसिन, तर झापाका हरेक क्षेत्रमा म अहिले पुग्न नसक्ने हुनसक्छ’ ओलीको भनाई थियो, ‘तपाईंहरु सवै मेरो प्रतिनिधि भएर झापा जानुस्, मैले आजैका मितिदेखि तपाईंहरुलाई मेरो प्रतिनिधि नियुक्त गरिदिएँ ।’

परिवर्तनका हरेक आन्दोलनमा झापाले अग्रणी भूमिका खेलेको उदाहरण दिंदै ओलीले अव समृद्धिको आन्दोलनमा पनि अग्रणी नै हुनुपर्ने वताउनुभयो ।
ओलीले सरकारले गर्नै पर्ने काम नगरेको र गर्नै नहुने काम गरेको भन्दै ओलीले २० दिनको सरकारले २० वर्षका योजनाको धाक दिने गरेको वताउनुभयो । ‘चुनाव शान्तिपूर्ण र निश्पक्ष रुपमा सम्पन्न गर्ने सरकारको अहिलेको एकमात्र जिम्मेवारी हो, तर, बम पड्क्या पड्क्यै छ । मेरै घरमा पड्काए रे’ ओलीले भन्नुभयो, ‘सरकार यो नियन्त्रण गरी शान्तिपूर्ण चुनाव गराउनेतिर होइन आयोजनाका लाइसेन्स खोस्ने, कुनै आयोजनालाई लाइसेन्स दिनेजस्ता गर्ने अधिकारै नभएका काम गर्दै हिंडेको छ ।’

ओलीले आफूले सुदूर पश्चिममा गएर बोलेका कुरालाई प्रधानमन्त्री शेरबहादुर देउवाले बुझ्न समेत नसकेको वताउनुभयो । ओलीले कांग्रेसलाई समवेदना भनेकोप्रति आपत्ती जनाउँदै प्रधानमन्त्री देउवाले आपत्ती जनाएपछि त्यसबारे ओलीले स्पष्ट पर्नु भएको हो । ‘समवेदनाको अर्थ थाहा पाउने मान्छे कांग्रेसमा कोही भेटिएन कि के हो ? कांग्रेसको वेदनामा म पनि दुःखी छु भनेको हुँ मैले’ ओलीको भनाई थियो, ‘नेपाली बृहत शब्दकोषको १२३३ नम्बर पेज पल्टाएर हेर्न अनुरोध गर्छु । समबेदनाको अर्थ तपाईं अर्थात् नेपाली कांग्रेसको दुःखमा म पनि सहभागी छु है भनेको हो । कांग्रेस सकिन लाग्यो । तपाईंको यो दुःमा सहभागी छु भन्नु मैले के नराम्रो गरेँ ?’

ओलीले यसपटक मतदातालाई संलग्नतालाई भन्दा सत्यतालाई ख्याल गरेर मतदान गर्न आग्रह गर्नुभयो । ‘म संलग्न छु त्यसैले संलग्नता भएको दललाई भोट होइन, सत्यलाई भोट’ ओलीले भन्नुभयो, ‘संलग्नता भन्दा सत्यता ठूलो हुन्छ, यो कुरा हामीले मतदातालाई बुझाउनु पर्छ ।’ कार्यक्रममा माओवादी केन्द्रका सचिवालय सदस्य लिलामणी पोखरेललले विश्वको परिर्वतनलाई पनि चक्मा दिने मोडमा नेपालको राजनीति आइपुगेको वताउनुभयो ।चक्रपथ

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah