
सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकास्थित देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ । वाम गठवन्धन र लोकतान्त्रिक गठवन्धनका कार्यकर्ताबीच झडप भएको हो ।
झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फाएर गरेको छ ।
उक्त मतदान केन्द्र सिन्धुपाल्चोकको निर्वाचन क्षेत्रनम्बर २ अन्तर्गत पर्छ ।
जहाँ प्रतिनिधिसभा सदस्यका लागि वाम गठवन्धनबाट एमालेका शेरबहादुर तामाङ र लोकतान्त्रिक गठवन्धनका तर्फबाट राप्रपा (प्रजातान्त्रिक)का अध्यक्ष पशुपति शम्शेर राणा प्रतिस्पर्धामा छन् ।



