अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियालाई आतङ्कवादी गतिविधिमा लगानी गर्ने राष्ट्रका रूपमा राखेपछि त्यसको कडा रुपमा निन्दा गरेको छ । अमेरिकाले बिना आधार आफूमाथि यस्तो आरोप लगाएको प्रतिक्रिया दिँदै उत्तर कोरियाले यस आरोपलाई अमेरिकाको उत्तेजना फैलाउने कामको संज्ञा दिएको छ ।

यसका साथै उत्तर कोरियाले आफ्नो देशको आतङ्कवादसँग कुनै पनि सम्बन्ध नरहेको स्पष्टीकरण पनि दिएको प्राप्त समाचारमा जनाइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

उत्तर कोरियाले अमेरिकाले यसअघि पनि यस्ता आरोपहरु लगाउने गरेको तर ती प्रमाणित नभएका भन्दै यस खालका प्योङयाङ विरोधी अभियानले आफ्नो देशको आणविक कार्यक्रमको विस्तारका क्षेत्रमा कुनै पनि असर नपर्ने पनि बताएको छ ।