
बिष्णुप्रसाद पोखरेल/दमक
इलामको माङसेबुङमा चुनावको संघारमा नेपाली काँग्रेसमा भूइचालो गएको छ । नेपाली कांग्रेस माङसेबुङ ५ का पार्टी सभापति नाम्दुहाङ थेगिमको नेतृत्वमा ५० जना नेकपा एमालेमा प्रवेस गरेकाछन् । झापाको दमकमा उनिहरु एक कार्यक्रमबीच एमालेमा प्रवेस गरेकाहुन् । पूर्व सभामुख तथा नेकपा एमालेका नेता सुवास नेम्बाङले उनिहरुलाइ पार्टी प्रवेस गराएका थिए ।
यसबैबीच नेम्बाङले अब मूलकको राजनीतिक ब्यवस्था स्थिर हुने बताउनु भएको छ । राजनीतिकअस्थिरताका कारण मूलक पछि परेको र बिकास हुन नसकेको जनाउदै अहिलेसम्म प्राप्त उपलब्धिहरुलाइ संस्थागत गर्दै अहिले भइरहेको निर्वाचनले मूलकमा स्थायित्व कायम गराउने नेम्बाङले बताउनु भएको हो ।
आइतवार झापाको बिर्तामोडमा प्रेस चौतारीले आयोजना गरेको पत्रकार सम्मेलन बोल्दै नेम्बाङले मूलकमा राजनीतिक स्थायित्व, स्थिर सरकार निर्माणपछि मात्र आर्थिक सम्बृद्धि सम्भव भएकाले जनताको यहि सपनालाइ साकार पार्नका लागि नै बाम गठबन्धन भएको समेत स्पष्ट पार्नु भयो ।
आफुहरुको मुख्य उदेश्य र ध्यय भनेकै मूलकमा स्थिर सरकार भएको भन्दै अबको केहि समयमा नै त्यो दिन आउने समेत नेम्बाङको भनाइ रहेको थियो । परिवर्तनलाइ संस्थागत गर्नका लागि बिचार मिल्ने पार्टीहरुको एकतालाइ लिएर भ्रम छर्ने काम गर्नु न्यायोचित नभएको भन्दै टिप्पणि गर्नु भयो ।
इलामको क्षेत्र नं. २ को प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनु भएका नेम्बाङले सरकार उम्मेदवारको सुरक्षा र निर्वाचनको सुरक्षामा चुकेको आरोप लगाउनु भयो । उहाँले सरकारले बाम गठबन्धनबिरुद्ध भ्रम छर्ने काममा मात्र शक्ति केन्द्रित गरेको र निर्वाचनको बिषयमा गम्भिर नभएको उहाँको भनाइ रहेको थियो ।
नेम्बाङले भन्नुभयो–‘उम्मेदवारमाथि बम आक्रमण भइरहेको छ तर यसमा सरकार निरिह रहेको छ ।’ जनता निर्वाचन र परिवर्तनको पक्षमा रहेको भन्दै नेम्बाङले यस्तो गतिबिधिबाट मतदाताहरु त्रसित नबने नेम्बाङले बताउनु भयो । निर्वाचनको लहर हरेक गाँउ र बस्तिमा आएको पाएको भन्दै यसलाइ कसैले अब रोक्न नसक्ने र भाड्न खोज्दैमा नभाडिने उहाँको भनाइ रहेको थियो ।
उत्साहका साथ निर्वाचनमा सहभागि हुन आग्रह गर्दै नेम्बाङले भन्नुभयो–‘जनता यस्ता गतिबिधिबाट डराउनु हुनेछैन र यो ऐतिहासिक अवसरलाइ प्रयोग गर्न आतुर हुनुहुन्छ ।’ अब मूलक आर्थिक सम्बृद्धिको युगमा प्रवेस गराउनका लागि यो नै सबैभन्दा महत्वपूर्ण कडि भएको पनि उहाँको भनाइ थियो । नेम्बाङले आफूले आफ्नो निर्वाचन क्षेत्रमा ७ हजारभन्दा बढि मतान्तरले जित्ने दाबी समेत गर्नु भएको थियो ।



