
दमक/राप्रपा सहितको बाम गठबन्धनले झापाको क्षेत्र नं. ५ अन्र्तगत प्रदेशसभा क र ख मा निर्वाचन अभियानलाइ थप शशक्त बनाएको छ । सोमबार बिहानदेखि प्रदेशसभा सदस्य उम्मेदवार हिक्मत कार्की कमल गाँउपालिकाको साविक तोपगाछीमा र ख का उम्मेदवार अर्जुन राइ साविक लखनपुरमा घरदैलो अभियानमा ब्यस्त रहेकाछन् ।
कार्की तोपगाछी पुगेपछि त्यहाँ उनलाइ स्थानीयहरु भब्य स्वागत गरेकाछन् । काकीले तोगाछीलाइ एउटा नमुना र पहिचानयुक्त गाँउ बनाउने घोषणा समेत गरेकाछन् । बिद्यूतिकरण, सडक, खानेपानी लगायतका अन्य बिकासका पूर्वधारहरु निर्माणमा समेत आफूले ५ बर्षभित्रमा जन अपेक्षा अनुसार काम गर्ने प्रतिबद्धतता जनाएकाछन् ।

यसैगरी ख का उम्मेदवार अर्जुन राइ, समानुपातिक उम्मेदवार होमबहादुर थापा र लोकबहादुर धिमाल लगायत पनि लखनपुरमा मत माग्न ब्यस्त रहेकाछन् । राइले लखनपुरमा अपार समर्थन पाएकाछन् ।
खेतबाट समेत किसान तथा मतदाताहरु आएर राइले जितको शुभकामना दिएकाछन् । सोचेभन्दा धेरै राम्रो साथ र समर्थन पाएको बताउदै आफूले जनताको भावाना अनुसार काम गर्ने राइले प्रतिबद्धता जनाए ।



