https://youtu.be/IWSy5rK6F8k
बिष्णुप्रसाद पोखरेल
दमक/काँग्रेसका प्रभावशाली नेता, पूर्व उपप्रधान एवं गृहमन्त्री समेत रहेका कृष्णप्रसाद सिटौलाले आफू बिरुद्ध गुण्डा प्रयोग भएको आरोप लगाएकाछन् । उनले राप्रपाका महामन्त्री एवं यस क्षेत्रका बाम गठबन्धनका उम्मेदवार राजेन्द्र लिङ्देनसंग आक्रोश पोख्दै यस्तो आरोप लगाएकाहुन् ।
झापाको बनियानीमा नै आक्रमक र अत्तालिएको शैलीमा भाषण गरेका उनले आफू बिरुद्ध चौतर्फ हमला भएको भन्दै यो सबै परास्त हुने जनाए । उनले ५ बर्षमा आउदा प्रत्येक घरमा पानी र सडक पीच नबनाइ नफर्कने बताए ।
सानो चित्त गरेर देश यहाँसम्म ल्याइ नपुर्याएको बताउदै संबिधानमा सबैलाइ सहमति गराउने आफै भएको समेत दाबी गरे । सबै शिर्ष नेताहरुलाइ आफूले मनाएको दाबी गरे ।
गोल्धापमा गुण्डाराज भएको बताउदै उनले आफू र आफ्ना साथीहरुमाथि गुण्डा प्रयाग भएको जनाए । उनले आफू नडराउने र चट्टान बनेर उभिने भन्दै आक्रोश पोखे ।
https://youtu.be/IWSy5rK6F8k



