
दमक/राप्रपा सहितको बाम गठबन्धनबाट झापा क्षेत्र नं. ३ मा उठेका राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले आफूले ठूलो मतान्तरले यहाँ चुनाव जित्ने बताएकाछन् । उनले आफू सदाचारी भएको र सधै जनताको सेवक भएको जनाउदै जित्ने बताएकाहुन् ।
उनले सिटौलाले भ्रष्टाचार गरेर अकुत सम्पती कमाएको तर आफ्नो क्षेत्रको केहि बिकास नगरेको आरोप लगाए । आफू इमान्दार भएर काम गर्ने भन्दै एकपैसा भ्रष्टाचार नगर्ने र ५ बर्षभित्रमा यो भन्दा अगाडि २५ बर्षमा नभएको बिकास गर्ने जनाए ।
उनले भने—‘म संग बाँडने पैसा र शक्तिको दुरुपयोग गर्ने क्षमता नहोला तर यो क्षेत्रको बिकास गर्ने साहस छ ।’ लिङदेनले क्षेत्रबासीसंग मत माग्दै भने–‘म भएपैसा पनि भ्रष्टाचार गर्दिन, यदि खान पुगेन भने पान पसल खोलेर जिबिकोपार्जन गर्नेछु ।’
लिङ्देनको पक्षमा जनलहर बढ्दै गएपछि सिटौला यहाँ अप्ठेरोमा परेकाछन् । बाम गठबन्धनको मतबाट जित्ने अपेक्षा गरेका सिटौलालाइ लिङ्देन कडा चुनौती बनेका हुन् । निर्वाचनको मिति नजिक आउदा आरोपप्रत्यारोपको जुहारी समेत चल्न शुरु भएको छ ।



