बिष्णुप्रसाद पोखरेल/दमक 

नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले लोकतन्त्रलाइ बलियो हुन नदिन र परिवर्तन नचाहाने शक्तिहरु सक्रिय हुन थालेकाले त्यो बिरुद्ध लडाइ लड्ने बेला आएको बताउनु भएको छ । उहाँले आफूहरुको त्यो लडाइ भनेको यो निर्वाचन भएको बताउनु भएको हो । उहाँले भन्नुभयो–‘यो निर्वाचन परिवर्तन चाहाने र मूलकलाइ यथास्थितिमा राख्नेबीचको प्रतिस्पर्धा हो ।’

झापा क्षेत्र नं. ५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार समेत रहनु भएका ओलीले गृहनगर झापाको दमकमा महिला संयुक्त निर्वाचन परिचालन समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै यस्तो बताउनु भएको हो । अहिलेको निर्वाचनले लोकतन्त्रलाइ बलियो बनाउदै जनताको शासन स्थापित गर्ने बताउनु भएको छ ।

आफूहरुले अधिनायकबादी सोच नराखेर मूलकको सम्बृद्धि र जनताको चाहाना अनुसारको स्थायि सरकार निर्माण गर्ने उदेश्यले बाम गठबन्धन गरेको ओलीको भनाइ थियो । आफूहरु अधिनायकबादी शासन नभएर जनताले चाहे अनुसारको शासन ब्यवस्थाका लागि लडेको बताउदै ओलीले भन्नुभयो–‘हामीले राजनीतिक स्थायित्व र स्थायि सरकार निर्माणका लागि बाम गठबन्धन गरिएको हो ।’

उहाँले यो निर्वाचनपछि राजनीतिक अस्थिरताको अन्त्य हुने र नयाँ युगको शुरुवात हुने दाबी गर्नु भयो ।  अब मूलकले नयाँ बाटो लिने समेत ओलीले बताउनु भयो । यो निर्वाचनपछि सबै प्रकारका बिभेदहरुको अन्त्य हुनेमा ओलीको जोड रहेको थियो । कार्यक्रमलाइ सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘अहिलेसम्म भएका आन्दोलन र अधिकारका लागि भएका लडाइहरुको भावाना अनुसार सबैले न्याय पाउनेछन् ।’

अहिले बाम गठबन्धन बिरुद्ध बिभिन्न भ्रमहरु छर्ने काम भइरहेको भन्दै ओलीले निर्वाचनपछि कम्यूनिष्टहरुले सरकार चलाउने भएर अहिले काँग्रेस डराएको आरोप लगाउनु भयो । उहाँले निर्वाचनपछि नेपाली काँग्रेसको नेतृत्वको सरकार बिस्थापित गरेर अब कम्यूनिष्टहरुले नै सरकार चलाउने स्पष्ट पार्नु भयो ।

उहाँले भन्नुभयो–‘काँग्रेसले सरकार चलाउदा अधिनायकबाद नहुने हामीले जनताको अभिमत लिएर सरकार चलाउदा त्यो अधिनायकवाद हुने हास्यश्पद छ ।’ कम्यूनिष्टले जितेको अवस्थामा कहि बिकास हुदैन र बोल्न तथा लेख्न पनि पाइदैन भनेर आफ्नो क्षेत्रमा आएर प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको सुन्दा आफूलाइ अचम्मित बनाएको भन्दै उहाँले यहाँको बिकास हेर्न आग्रह गर्नु भयो ।

आफू डडेल्धुरा जाँदा त्यहाँको बिकासको अवस्था देख्दा धेरै चिन्ता लागेको भन्दै ओलीले देउवाले यहाँको बिकास हेरेर सिक्नु पर्ने भन्दै आलोचना गर्नु भयो । ओलीले आफूहरु महिलालाइ दिए जतिको अवसरमा दुनियामा कुनै पनि मूलकले र नेपालमा पनि कुनै पनि राजनीतिक दलले नदिएको पनि दाबी गर्नु भयो ।

उहाँले एमालेबाट नै प्रस्ताव गरेर बिद्यादेबी भण्डारीलाइ राष्ट्रपति बनाएको, माओबादी केन्द्रबाट ओन्सरी घर्ति मगरलाइ सभामुख बनाएको स्मरण गर्नु भयो । केहि समय अघि एकैसाथ नेपालका प्रमुख तीन अङ्गहरु नै महिलाको नेतृत्वमा सञ्चालन भएको भन्दै यो दुनियामा कहि पनि नभएको उहाँको भनाइ रहेको थियो ।

 आचारसंहिता र कानूनको पूर्ण पालना गर्छौएमाले अध्यक्ष ओलीले राजधानीबाट झापा आउने क्रममा भद्रपुर बिमानस्थलमा पत्रकारहरुसंग कुरा गर्दै आफूहरु आचारसंहिताको पूर्ण पालना गर्न तयार रहेको र पालना गरिरहेको बताउनु भएको छ । निर्वाचन आयोगले आफूहरुलाइ आचारसंहिताको पालना नगरेको भनेर पत्र काट्दा अचम्मित भएको पनि बताउनु भयो ।

आफूले कहि पनि पत्रिकाहरुलाइ बिज्ञापन छाप्न नदिएको भन्दै शुभचिन्तकहरुले जिताउन अपिल गरेको हुनसक्ने भन्दै त्यसको जवाफ पनि दिइसकिएको जनाउनु भयो । उहाँले सरकार र सत्ताको चरम दुरुपयोग भइरहदा आयोगले त्यो नदेख्नु भने अचम्म भएको ओलीको भनाइ थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah