काठमाडौं । उत्तर कोरियाले हालै एउटा नयाँ प्रविधियुक्त ब्यालेस्टिक मिसाइलको सफल परीक्षण गरेर विश्वमा पुनः त्रास फैलाएको छ । उत्तर कोरियाको राष्ट्रिय संचारले यसबारे खबर गर्दै देशले परमाणु क्षेत्रमा ठूलो उपलब्धी हासिल गरेको बताएको छ ।

ह्वाङ–१५ नामक अहिलेसम्मकै शक्तिशाली बताइएको मिसाइल बुधबार राति परीक्षण गरिएको बीबीसीले बताएको छ । जापानी समुद्रमा खसेको सो मिसाइल उत्तर कोरियाले यसअघि प्रहार गर्दै आएका मिसाइलहरु भन्दा अझै बढी उचाइसम्म पुगेको बताइएको छ ।

संयुक्त राष्ट्र संघको नियम विपरीत गरिएको उक्त परीक्षणपछि सुरक्षा परिषद्ले आपत्कालीन बैठक बोलाएको थियो । यस लगत्तै दक्षिण कोरियाले पनि अर्को ब्यालेस्टिक मिसाइलको परीक्षण गरेर उत्तर कोरियालाई जवाफ दिएको थियो ।

प्योङयोङको राष्ट्रिय संचारले बताएअनुसार सो मिसाइल ४ हजार किलोमिटर भन्दा माथि उडेको थियो र ५३ मिनेटमा त्यसले ९५० किलोमिटरको दुरी पार गर्न सफल भएको थियो ।

पछिल्लो पटक मिसाइल परीक्षण गर्दा उत्तर कोरियाले अमेरिकालाई सजिलै प्रहार गर्न सक्ने बयान दिएको थियो तर यसपटक भने उसले पहिलेभन्दा नयाँ र अझै आधुनिक प्रविधिको प्रयोग गर्दै आफ्नो भनाइ पूरा गर्न सम्भव भएको देखाएको छ । उत्तर कोरियाको राष्ट्रिय समाचार एजेन्सीले बताएअनुसार सो परीक्षण गर्नुअघि नेता किम जोङ उन आफैँले यस्तो बयानमा हस्ताक्षर गरेका थिए, ‘हामी गर्वका साथ यो घोषणा गर्छौँ कि देशको परमाणु शक्ति वृद्धि गराउने अभियान सफल पार्नुका पछाडिको ऐतिहासिक कारण हामीले महसुस गरिसकेको छौँ ।’ रिपोर्टमा थप यस्तो बताइएको छ, ‘शन्तिप्रेमी मुलुक भएकाले उत्तर कोरिया आफ्नो परमाणु हतियारको सुरक्षालाई लिएर सधैँ जिम्मेवार रहनेछ र यसको प्रयोग असल कामका लागि शान्तिको पक्षमा र विश्वमा स्थिरता कायम गर्नका लागि मात्र गर्नेछ ।’

उत्तर कोरियाको राष्ट्रिय संचारले थप भनेको छ, ‘उत्तर कोरियाले अहिलेसम्म निर्माण गरेको सम्पूर्ण परमाणु हतियारले अमेरिकी साम्राज्यवादले दिएको परमाणु धम्की विरुद्धको प्रतिरक्षालाई मात्र केन्द्रित गरेको छ । यसबाहेक आफ्नो देशको हित विपरित नलागेका अन्य मुलुकप्रति हाम्रो हानि पु¥याउने कुनै योजना छैन ।’

यस भनाईबाट उक्त मिसाइलको मुख्य लक्ष्य अमेरिका नै रहेको पुष्टी भएपछि अमेरिकी वैज्ञानिकहरुले यससम्बन्धी एउटा अनुसन्धान जारी गरेका थिए । यसबाट पनि सो मिसाइललाई लक्षित गर्दा १३ हजार किलोमिटरसम्मको दुरी पार गर्न सक्ने पत्ता लागेको छ । जसको अर्थ यसले अमेरिकाको जुनसुकै स्थानमा सहजै प्रहार गर्न सक्छ । अर्कोतर्फ भने सो मिसाइलले लामो दुरीसम्म हलुका हतियार मात्र बोक्ने भएकाले धेरै टाढासम्म पुग्दा शक्तिशाली हतियार राख्न मिल्ने क्षमतामा कमी आउने पनि पत्ता लगाइएको छ । तरपनि उत्तर कोरियाले भने भारी हतियारसहित सो मिसाइल अमेरिका पुगेर प्रहार गर्न सक्ने दाबी गरिरहेको छ ।

विज्ञहरुका अनुसार उत्तर कोरियाको अमेरिकासम्म मिसाइल प्रहार गर्ने लक्ष्य पूरा गर्न अझै २–३ वर्षको समय लाग्नेछ । यसका लागि विश्वकै सबैभन्दा संवेदनशील र चुनौतिपूर्ण प्रविधिको विकास गर्नुपर्ने हुन्छ । उत्तर कोरियाले जति दाबी गरेपनि उसले आफ्नो लक्ष्य यति छोटो समयमा यति सजिलै हासिल गर्नु असम्भव रहेको विज्ञहरु बताउँछन् । यसका साथै सम्पूर्ण मानवजातिको विनाश गर्न सक्ने हतियार निर्माण गरिरहेको उत्तर कोरियाले अर्कोतर्फ भने आफूले लक्षित नगरेको मुलुकलाई हानि नपु¥याउने भनेकोमा पनि विश्वविद्हरुले आश्चर्य मानेका छन् ।

नेता किम जोङ उनको एकल शासनको यसै पनि विश्वभर निन्दा भइरहेको छ । तर सबैतिरबाट खराब प्रतिक्रिया पाइरहेपनि उत्तर कोरियाले आफ्नो हतियार निर्माण कार्यमा रोक नलगाइ लगातार मिसाइल परीक्षण गरिरहेको छ ।

राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मिसाइल आकाशमा पुगिसकेपछि मात्र यसबारेमा थाहा भएको थियो । उता चीनले पनि यसलाई ठूलो चिन्ताको विषय भएकाले सावधानी अपनाउनुपर्छ भनेको छ । जापानका प्रधानमन्त्री सिन्जो आबेले उक्त परीक्षणलाई असह्य र हिंसा जगाउने खालको क्रियाकलाप भन्दै चिन्ता व्यक्त गरेका छन् । त्यस्तै दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनले पनि यस्तो हर्कतलाई लापरबाहीपूर्ण रहेको भन्दै प्रतिबन्ध जारी राख्नुबाहेक कुनै उपाय नरहेको बताएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah