मुलुकलाई अहिले चुनावले छपक्कै छोपेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवारहरु झिसमिसेमा मतदाताको घर घरमा पुगेर भोट मागिरहेका छन् । मतदाता फकाउन उनीहरुले अनेक चलाखी पनि अपनाइरहेका छन् । त्यस्तै सुनसरी क्षेत्र नम्वर २ क का कांग्रेस उम्मेदवार भने मतदातालाई आकर्षित गर्न बिज्ञानका आबिस्कारको भरपूर प्रयोग गर्दैछन् ।

सुनसरी क्षेत्र नम्बर २ प्रदेश ‘क’ का काग्रेसका युवा नेता हेमकर्ण पौडेलले चुनावी प्रचारमा रोबोटको प्रयोग गरिएका छन् । रोबोटले मान्छे नजिक जय नेपाल भन्दै हेमकर्णको चुनावी एजेन्डासहित प्रचार सामाग्री बाढ्ने गर्छ । अनि मतदातासँग आसन्न निर्वाचनका लागि हेमकर्णलाई रुखमा भोट हालेर जिताउन आग्रह गर्छ । रोबोट लिएर काठमाण्डौबाट इटहरी आईपुगेका आर्दश मल्लले भने रोबोटले भोट माग्ने काम राम्रै गरीरहेको छ ।

रोबोटले भोट हाल्न गरेको अपिललाई सर्वसाधारणले निकै मज्जा मानेर हेर्छन् । ‘प्रविधिसँग समाजलाई जोड्न सकिने उदाहरणको रुपमा मैले प्रचारमा यस्तो शैली अपनाएको हुँ उम्मेदवार पौडेलले भने । रोबोटको प्रयोगलाई युवापुस्ता र प्रविधिको प्रयोगबाट आफूले निर्वाचन क्षेत्रलाई विकास र सम्बृद्धिको बाटोमा अगाडि बढाउँछु भन्ने एउटा सांकेतिक प्रस्तुति गरेको उनको भनाई थियो ।

रोबोटको चुनावी प्रचार गरेको पूर्वी नेपालकै लागि विल्कुलै नौलो प्रयोग भएको दाबी गरिएको छ । सेन्सर जडित रोबोट मानिसहरु भएको ठाऊँमा जान्छ । सुनसरी क्षेत्रनम्वर २ क का चर्चित युवा नेता हेमकर्ण पौडेलले जनतासँग भोट माग्ने नयाँ प्रविधि अपनाउँदा चुनाव रोमाञ्चक बनाईरहेको छ विद्यार्थी नेता विक्रम घिमिरेले भने । प्रचार शैली हामीले फरक किसिमबाट गरेका छौ सामाजिक सञ्जालमा पनि हेमकर्णको चर्चा ब्यापक छ उनले थपे ।

नेपाली काग्रेस निकट नेपाल विद्यार्थी संघ सुनसरीका सचिव नविन कटुवाल हेमकर्ण जिताउँन युवाहरु औरात्र खटिरहेको वताए । यसपालीको चुनाव हेमकर्णकै पक्षमा रहेको भन्दै यसपाली एमालेको किल्ला इटहरीमा काग्रेसले जित्ने उनको दावी छ । युवाहरुको सर्वाधिक चर्चामा रहेका हेमकर्णले इटहरीका १ देखि ५ र १६ देखि २० नम्वर बडामा एमालेको भन्दा बढि मत ल्याउँने कटुवालको भनाई थियो ।

पौडेल २०५५ सालमा जनता बहुमुखी क्याम्पस इटहरीको स्वबियु सभापति,तरुण दल सुनसरीको सचिब,नेपाल बिद्यार्थी संघ सुनसरीको सचिब,पार्टीको क्षेत्रीय सदस्य हुादै २ कार्यकाल इटहरीको नगर सभापति भईसकेकाछन । हेमकर्ण राजनीतिक संयन्त्र इटहरीका प्रभावशाली सदस्य, विपद् व्यवस्थापन समिति इटहरीको संयोजक समेत हुन । इटहरीलाई महानगर र प्रदेशिक राजधानी एक घर एक रोजगार , सेरा खोलाको बाढीको स्थायी नियन्त्रण , तालतलैयामा राष्ट्रियस्तरको चिडियाखाना निमार्ण गर्ने लक्ष्य लिएका पौडेलको जनलहर बढेको काग्रेसीहरुको दावी छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah