
दमक/झापा दमकमा लामो समयदेखि सञ्चारको क्षेत्रमा लागेर चर्चित बनेकी प्रजिता दंगाल नेकपा एमालेमा प्रवेस गरेकीछन् । प्रेस चौतारीले शक्रबार साँझ ओली निवासमा गरेको एक कार्यक्रमबीच उनि एमाले प्रवेस गरेकी हुन् ।
दमक उद्योग बाणिज्य संघकी कार्य समिति सदस्य समेत रहेकी दंगाललाइ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले एमालेमा प्रवेस गराएका थिए ।
दंगाल करिब एकदशक अघिदेखि दमकमा निरन्तर रुपमा सञ्चार क्षेत्रमा काम गर्दै आएकीछन् । उनि गायिक तथा कलाकारको रुपमा समेत चिनिन थालेकीछन् ।



