
बिष्णुप्रसाद पोखरेल
दमक/राप्रपाका सहमहामन्त्री एवं दमकका सामाजिक एवं राजनीतिक अगुवा राम थापाले सधै आफू उपविजेता बनेको बताउदै यो पटक बिजेता बनाएर प्रदेशसभा सदस्यमा पुर्याउनका लागि आग्रह गरेकाछन् ।
राप्रपाबाट प्रदेश नं. १ मा प्रदेशसभा सदस्यमा एकनम्बर सूचिमा रहेका थापाले दमकमा भएको राप्रपा सहितको बाम गठबन्धनको चुनावीसभामा बोल्दै यस्तो आग्रह गरेकाहुन् । उनले प्रत्यक्षतर्फ नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाइ सूर्य चिन्हमा भोट हाल्न आग्रह गरे ।
उनले प्रदेशसभा सदस्यमा अर्जुन राइ र हिक्मत कार्कीलाइ जिताउन आग्रह गर्दै समानुपातिकमा आफूलाइ पनि संगै लैजान अनुरोध गरे । उनले समानुपातिका साँसदको रुपमा दमकका होमबहादुर थापा र लोकबहादुर धिमालको पनि बिजय निश्चित रहेको बताए ।
उनले आफू सधै यहि क्षेत्रका बासिन्दाहरुको दुखसुखको साथी रहेको जनाउदै सधै उप बिजेता बन्ने गरेकोमा यो पटक भने बिजेता बनाइ दिन समानुपातिकमा राप्रपालाइ मत दिन आग्रह गरे । अरुसंगै आफूलाइ पनि बिजय बनाउन उनको आग्रह थियो ।
केपी शर्मा ओली समेत सहभागि रहेको कार्यक्रममा थापाले दूइहात जोड्दै भने–‘ हामी यो क्षेत्रबाट उठेका सबै उम्मेदवारले जित्नुपर्छ र मलाइ पनि जिताउनुहोस्, सगै लैजानुहोस् । ’
थापाले ओलीलाइ भोट हाल्न पाउनु गर्व हुने पनि बताए । उनले एक साँसदमात्र नभएर मूलकको प्रधानमन्त्री बनाउने भोट खेर नफाल्न आग्रह गरे । उनले भने–‘अब हामीले मतदान गरेको ब्याक्ति पुन एक पटक मूलकको प्रधानमन्त्री हुनुहुनेछ ।’



