
सवालनेपाल डेक्स
दमक/झापाको क्षेत्र नं. १ मा यतिखेर धेरैको ध्यान केन्द्रित भएको छ । नेपालभर नै यस क्षेत्र चर्चाको बिषय पनि बनेको छ ।
राप्रपा सहितको बाम गठबन्धनको उम्मेदवारको रुपमा माओबादी केन्द्रका नेता एवं पूर्व सञ्चारमन्त्री सुरेन्द्र कार्की (राम)र नेपाली काँग्रेसका युवा नेता एवं विश्वप्रकाश शर्माबीच प्रतिस्पर्धा हुने निश्चित छ ।
स्थानीय तहको निर्वाचनलाइ आधार र प्रमाण बनाउने हो भने कार्की धेरै बलियो रहेकाछन् । प्रभावकाको हिसावले शर्मालाइ पनि आँकलन भने गर्न सकिदैन । दुबै नेता जित हासिल गर्नेमा बिश्वस्थ रहेको पाइन्छ ।

स्थानीय तहको निर्वाचनलाइ आधारमान्दा काँग्रेसभन्दा गठबन्धन १७ हजार ४२ मतले अगाडि रहेको छ । मेचीनगर पालिका, भद्रपुर नगरपालिकाको वडा नं. ९ र १० र बुद्धशान्ति गाँउपालिका वडा नं. ४,५,६ र ७ नम्बर वडाहरु यस निर्वाचन क्षेत्रमा पर्दछ ।
स्थानीय तहको निर्वाचनलाइ आधार बनाउनु नहुने काँग्रेसको तर्क रहेको छ । आफूहरु दर्बिलो रहेको शर्मा बताउदै आएकाछन् । तर बाम गठबन्धनले पार्टीको मत बाहिर नजाने र त्यो अन्तरलाइ बढाउने दाबी गर्दै आएको छ ।



