नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई झापामा उच्च सुरक्षा सर्तकता अपनाइएको छ । पूर्व प्रधानमन्त्री समेत रहनुभएका ओलीको दमकस्थित घरमा गत मंसिर ९ गते अज्ञात समूहले वम विष्फोट गरेपछि सुरक्षालाई मध्यनजर गर्दै प्रहरी उपरीक्षक नेतृत्वको टोलीले अहिले उहाँलाई सुरक्षा प्रदान गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केशी, सशस्त्र प्रहरी बल भद्रपुरका सशस्त्र प्रहरी उपरीक्षक रमेश सुवेदी, पाथीभरा गणका सशस्त्र प्रहरी उपरीक्षक विदुर खड्का सहितको सुरक्षा कर्मीको टोली ओलीको सुरक्षाका लागि पारिचालित छ ।

जिल्ला अनुगमन सुपरीवेक्षण समिति संयोजक समेत रहनु भएका प्रहरी उपरीक्षक केशीका अनुसार ओलीको सुरक्षा सम्वेदनशीलतालाई मध्यनजर गर्दै उच्च सुरक्षा सर्तकता अपनाइएको हो । पूर्व प्रधानमन्त्रीलाई प्रहरी निरीक्षकको कमाण्डमा सुरक्षा व्यवस्था हुने गरेको छ । तर, झापामा ओलीको सुरक्षार्थ तीन ÷ तीन जना प्रहरी उपरीक्षक(एसपी) ले स्कटिङ गरिरहेका छन् ।

मंसिर २१ गते हुने प्रतिनिधि सभा सदस्य पदका लागि ओलीले झापा क्षेत्र नम्वर ५ बाट उम्मेद्वारी दिनुभएको छ । गृह जिल्ला र निर्वाचन क्षेत्रमा चुनाव प्रचारप्रसारका लागि आउनुभएका उहाँको सुरक्षालाई मध्यनजर गर्दै उच्च सुरक्षा सर्तकता अपनाइएको प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले बताउनुभयो ।

उहाँले भन्नुभयो – ‘सवै उम्मेद्वार र मतदाताको जीऊ धनको सुरक्षा गर्ने जिम्मा हाम्रो हो, त्यसमाथिपनि ओली पूर्व प्रधानमन्त्री र पार्टी अध्यक्ष भएकाले उहाँको सुरक्षामा उच्च सर्तकता अपनाएका हौं ।’ ओलीलाइ भावि प्रधानमन्त्रीको रुपमा समेत हेरिन थालेको छ । बाम गठबन्धनको बहुमत आएको अवस्थामा सम्भवत ओली नै प्रधानमन्त्री बन्नेछन् ।

ओली ४ दिन लामो झापा बसाइपछि आज मोरंग, सुनसरी र उदयपुरमा भएका कार्यक्रमहरुमा सहभागि भएकाछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah