सवालनेपाल डेक्स
दमक/झापा क्षेत्र नं. ४ आदिबासी बाहुल्यता रहेको क्षेत्रको रुपमा चिनिन्छ । यहाँ बाम गठबन्धन र काँग्रेसले आदिबासी उम्मेदवार नै अघि सारेको छ । गठबन्धनको तर्फबाट एलपि साँवा उम्मेदवार रहनु भएको छ ।
दोस्रो संबिधानसभा निर्वाचनमा झिनोमतान्तरले काँग्रेसका नेता केशवकुमार बुढाथोकीसंग साँवा पराजित बन्नु भएको थियो । यहाँ काँग्रेसले पार्टीका उपसभापति देउमान थेवेलाइ उम्मेदवार बनाएको छ ।
दुबै जनाले यहाँ जित्ने दाबी गर्दै आउनु भएको छ । यहाँ पनि स्थानीय तह निर्वाचनमा बाम गठबन्धन १० हजार ९ सय ३१ मतले अगाडि रहेको छ ।
यस क्षेत्र अन्र्तगत शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिकाको वडा नं. ९, गौरीगन्ज गाँउपालिकाको १ नम्बर र २ नम्बर वाड, कन्काइ नगरपालिकाको १ देखि ७ नम्बरसम्मका वाडहरु रहेकाछन् । सावा पराजित भएपनि यस क्षेत्रमा बिकासका काम निरन्तर देखिदै आउनु भएको थियो । स्थानीय तह निर्वाचनमा बाम गठबन्धन १० हजार ९ सय ३१ मतले अगाडि रहेको छ ।




