पछिल्लो समय भएका संविधान सभाका दुई निर्वाचनमा काठमाडौ क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसले विजय हासिल गरेको थियो । पहिलो निर्वाचनमा कांग्रेसकी सुप्रभा घिमिरेले वर्तमान राष्ट्रपति तथा तत्कालीन एमाले उम्मेदवार विद्यादेवी भण्डारीलाई र दोश्रो संविधान सभा निर्वाचनमा गगन थापाले एमालेकै निर्मल कुइँकेललाई हराएका थिए । त्यतिबेलाको समय–सन्दर्भमा निकै चर्चामा रहेका वर्तमान उपराष्ट्रपति तथा तत्काली माओवादी उम्मेदवार नन्दकिशोर पुन यस क्षेत्रमा तेश्रो स्थानमा सीमित भएका थिए ।

तर स्मरणीय के छ भने २०७० सालको संविधान सभा निर्वाचनमा एमाले र माओवादी उम्मेदवारहरूको मत जोड्दा १६ हजारको हाराहारीमा थियो भने गगन एक्लैले २३ हजार भन्दा बढी भोट ल्याएका थिए । पछिल्लो निर्वाचनको यो मतान्तरलाई आधार मान्दा गगन अन्यको तुलनामा हेभिवेट देखिन्छन् । तर, कुनै निष्कर्ष निकाली हाल्न यो नै अन्तिम र एकमात्र आधार भने होइन, र हुन पनि सक्दैन । पछिल्लो निर्वाचन भए यताका चार वर्षमा धेरै परवर्तन भएका छन् । अहिले हुन लागेको प्रतिनिधि (र, प्रदेश) सभा निर्वाचनमा गगनका प्रतिद्वन्दीका रूपमा एमालेले डा. राजन भट्टराईलाई उम्मेदवार बनाएको छ । आफ्नो बौद्धिक छवि र समानुपातिकबाटै भए पनि संविधान सभा सदस्य रहिसकेका राजन आफैँमा बलिया प्रतिद्वन्दी हुन् ।

गगन र राजनका साथै विवेकशील साझा पार्टीकी अत्यन्तै युवा उम्मेदवार सुबुना बस्नेत पनि मत हासिल गर्ने सन्दर्भमा उल्लेखनीय चुनौती बन्दै गएको देखा परेकी छिन् । सुबुनाको उपस्थितिलाई उपेक्षा गर्न मिल्दैन ।

यी तथ्य एकातिर छन् भने सबैभन्दा महत्वपूर्ण र मननीय त कपनको सडक राजनीति छ जसले अब काठमाडौं क्षेत्र नम्बर ४ को प्रतिनिधि सभा सदस्य को हुने भन्ने फैसला गर्ने निश्चित झैं देखिइसकेको छ । चार वर्षअघि हेभिवेट प्रमाणित गगन थापाका सामु देखिएका नयाँ चुनौती, उनका प्रतिद्वन्दी र अन्य सम्भावनाहरूको सेरोफेरोमा रहेर गरिएको काठमाडौं क्षेत्र नम्बर ४ को यो रिपोर्ट –

काठमाडौं युवा पुस्ता माझ भिन्न खाले आकर्षण भएका गगन थापाका सामु पछिल्लो समयमा थुप्रै चुनौती देखिएका छन् । यसै कारण उनले यसपटक फराकिलो मतान्तरले जित हात पार्ने सम्भावना अब देखिँदैन नै । जितका लागि मात्रै पनि उनले थुप्रै मिहिनेत र कसरत गर्नुपर्ने अवस्था छ । उनका यी चुनौती र परिस्थिति फेरिनुका पछाडि थुप्रै कारण छन् ।

एमाले उम्मेदवार डा. राजन भट्टराई पनि युवा छन् र तार्किक क्षमतामा पनि राम्रो मानिन्छन् । त्यसकारण यी विद्यावारिधि डाक्टरले थापाको विगतका भोटबैंकमा नै धावा बोल्न सकिरहेको देखिँदै छ । राजनीतिमा नयाँ भए पनि युवा पुस्तामा आकर्षक छवि बनाइसकेकी विवेकशील साझाकी उम्मेदवार सुबुना बस्नेत पनि चर्चामा नै छिन् । बस्नेतले चुनाव जितिहाल्ने सम्भावना पातलो छ तर काठमाडौंका अन्य क्षेत्रमा झै यहाँ पनि वैकल्पिक राजनीतिक शक्तिको चाहना राख्ने युवा पुस्ताले बस्नेतलाई आफ्नो महत्वपूर्ण प्रतिनिधि पात्रका रूपमा स्वीकार गर्ने कुरा नकार्न मिल्दैन । यसरी सुबुनाले प्राप्त गर्ने मतले थापा र भट्टराईको हारजितको मतान्तरमा प्रभाव पार्ने निश्चित छ ।

यस क्षेत्रमा काठमाडौ महानगरपालिकाका वडा नम्बर १, ७, ८ र ३० रहेका छन् । यसैगरी बुढानीलकण्ठ नगरपालिकाका १ र २ का साथै ८ देखि १३ नम्बर वडा रहेका छन् । प्रदेश ‘क’मा महानगरका चार वडा रहेका छन् । यी चार वडामध्ये नक्साल भगवतीको सेरोफेरोमा रहेको वडा नम्बर १ सबैभन्दा प्रतीक्षाको विषय बन्नेछ । यस वडामा गत स्थानीय निर्वाचनमा एमालेले जित हात पारेको थियो । विगतमा यो वडामा राप्रपाको पनि प्रभाव रहँदै आएको हो । मेयरको हकमा एमालेका विद्या सुन्दर शाक्य धेरै अघि रहेको अवस्थामा विवेकशीलकी रञ्जु दर्शना, कांग्रेसका राजु राज जोशी र साझाका किशोर थापा हाराहारीमा थिए ।

गगनका प्रतिस्पर्धी राजनको प्रभाव र एमाले प्रदेशसभा उम्मेदवार निर्मल कुइँकेलका कारण वडा नम्बर ७ मा प्रतिस्पर्धात्मक अवस्था रहेको छ । यो वडा नम्बर सातमा दुवै कित्ता बराबरीको हाराहारीमा रहे पनि यहाँ पनि विवेकशीलको केही प्रभाव छ । गत स्थानीय निर्वाचनमा वडा अध्यक्ष पदमा एमाले उम्मेदवार ५०२ मतान्तरले विजयी भएका थिए भने माओवादीभन्दा राप्रपाको प्रभाव बढी देखिएको थियो । तथापि स्थानीय निर्वाचनलाई छाड्ने हो भने विगतमा चाबहिलसमेत समेटिएको यस वडालाई कांग्रेसको परम्परागत गढ मान्नेहरूको पनि कमी छैन । जयबागेश्वरी र पशुपति क्षेत्र समेटिएको वडा नम्बर आठ कांग्रेसको प्रभाव क्षेत्र हो । गत स्थानीय निर्वाचनमा पनि यो क्षेत्रमा कांग्रेसले ४४१ मतान्तरले वडा अध्यक्ष पदमा जित हात पारेको थियो । यस वडामा भने माओवादी र राप्रपाको प्रभाव बराबर रहेको देखिन्छ ।

मैतीदेवी र डिल्लीबजार क्षेत्र समेटिएको वडा नम्बर ३० कांग्रेसको अझ मजबुत क्षेत्रको रुपमा चिनिन्छ । तथापि यहाँ सुबुनाको उपस्थितिले निर्वाचनको मतपरिणामलाई राम्रै गरी प्रभाव पार्ने आम अनुमान छ ।

प्रदेश ‘क’ मा कांग्रेस उम्मेदवार अघि रहने अनुमान धेरैको छ । तथापि प्रदेश सभाका लागि यो क्षेत्रमा निर्मल कुइँकेलको वाम उम्मेदवारीका कारण राजन यस प्रदेशमा खसालिने मत हासिल गर्ने दौडमा प्रतिस्पर्धात्मक अवस्थामा रहन प्रयासरत छन् ।

प्रदेश ‘ख’ मा रहेका बुढानीकण्ठ नगरपालिकाका सबै वडामा गत स्थानीय निर्वाचनमा एमाले विजयी भएको थियो । यस नगरपालिकामा वडा नम्बर १ र २ मा एमालेका प्रायः उम्मेदवारले उसै किसिमका मत प्राप्त गरेका थिए । सांगठनिक अवस्था मजबुत रहेका कारण यी वडामा आसन्न निर्वाचनमा पनि एमाले नै बलियो हुने अपेक्षा गरिएको छ । यी दुवै वडा चपलीमा रहेका हुन् ।

वडा नम्बर आठमा रहेको गोल्फुटार र नौ रहेको मण्डिखाटार दुवै एमालेको प्रभाव क्षेत्र हुन् । माओवादीको पनि प्रभाव क्षेत्र भएका कारण यहाँ वापमन्थी मत नै बढी रहेको देखिन्छ ।

यसै गरी, कपन समेटिएको वडा नम्बर १० मा गत स्थानीय निर्वाचनको परिणाममा एक हजार भोटको हाराहारीमा फरक रहेको थियो । यसै वडामा गत सम्विधान सभा निर्वाचनमा गगनले एमालेका निर्मल कुइँकेललाई धेरै भोटले पछि छाडेको थिए । यसै कपन वडाको बाटो अहिलेको मूल चुनावी मुद्दा बनिरहेको छ । सांसद र मन्त्री भएर समेत गगनले केही नगरेको आरोप एकातिर छ भने प्रतिस्पर्धी सांसद राजन पनि समानुपातिककै भए पनि सांसद भएको र केही गर्न नसकेको स्पष्टिकरण गगनको छ । निर्वाचनको दिन सम्म कपन क्षेत्र कता मोडिने हो ? चुनावको नतीजा यसैमा र्निभर रहने छ ।

एमाले उम्मेदवारको व्यक्तित्व र चर्चाका साथै स्थानीय निर्वाचनको मतलाई आधार मान्दा यो क्षेत्रमा एमाले बलियो देखिन्छ । परन्तु, गगनको व्यक्तित्व र आफ्नै प्रभावका कारणले समेत यो क्षेत्रको परिणाम अनिश्चित र अत्यन्त प्रतिस्पर्धात्मक रहने निश्चित छ ।

प्रदेश उम्मेदवार 
प्रदेश‘क’मा कांग्रेसले नरोत्तम बैद्य तथा एमालेले निर्मल कुइँकेललाई उम्मेदवार बनाएका छन् । गौशाला क्षेत्र नरोत्तमको प्रभाव क्षेत्र हो भने चाबहिल कुइँकेलको । नरोत्तमभन्दा राजनीतिक उचाइ धेरै भएका कारण कुइँकेलका कारण भट्टराइका लागि स्थिति केही अनुकूल हुने आंकलन गरिएको छ । यसै क्षेत्रमा विवेकशील साझाका उम्मेदवार दिपेश बैद्यले पनि कांग्रेसलाई नै प्रतिकूल असर गर्ने अनुमान छ ।

प्रदेश ‘ख’ मा कांग्रेसले साधुराम खड्का तथा एमालेले कुसुम कुमार कार्कीलाई उम्मेदवार बनाएका छन् । यसैगरी, विवेकशील साझाले मधुसुदन कार्कीलाई उम्मेदवार बनाएको छ ।

गगनका बलिया आधार
राष्ट्रिय राजनीतिमा बनाएको छवि
युवा पुस्तामा लोकप्रिय
राम्रो वक्ता
स्वास्थ्यमन्त्री हुँदा गरेका लोकप्रिय निर्णय

ड्र ब्याक
पछिल्लो समय क्षेत्रमा कम ध्यान दिएको आरोप
विवेकशील साझाको उदयले युवा पुस्ताको आकर्षण अन्यत्र पनि मोडिनु

राजनका आधार
बामगठबन्धन
बौद्धिक व्यक्तित्वको छवि
शालीन व्यक्तित्व
चुस्त एमाले संगठन

ड्र ब्याक
प्रत्यक्ष चुनावी राजनीतिको कम अनुभव

केन्द्रबिन्दु बाट सभार

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah