१. हाम्रो विजय पश्चात जनताको जिउ धनको सुरक्षालाई पहिलो
प्रथामिकतामा राखेर शान्ति सुरक्षा कायम गरिने छ । आ–आप्mनो
पेशा व्यवसाय गर्न निर्धक्कसँग पाउनु हुनेछ ।
२. विकास निर्माण कार्यलाई तिव्रताकासाथ अघि बढाउने व्रmममा
निर्माणाधीन दमक–चिसापानी–रबि (फाल्गुनन्द सडक) ३ वर्षमा
निर्माण कार्य सम्पन्न गरी गौरीजञ्ज ताप्लेजुङ हुदै चीनको
सिमानासम्म सडक यातायात सञ्चालन गरिने छ ।
३. दमकमा निर्माणाधीन देशकै ठूलो सुविधासम्पन्न सभाहल ३ वर्ष भित्र
निर्माण सम्पन्न गरिने छ ।
४. विस्तृत परियोजना प्रतिवेदन तयार भई कार्यन्वयनका चरणमा
रहेका विश्वकै अग्लो बुद्धको मूर्ति, दमक भ्यू टावर र क्लिन
औधोगिक पार्क निर्माण कार्य अविलम्ब थालिनेछ ।
५. कमल गाउँपालिका ५ मा निर्माणाधीन अन्तराष्र्टि«य स्तरको
रङ्गशाला निर्माण सम्पन्न गरिनेछ ।
६. उपयुक्त स्थान पहिचान गरी एउटा आन्तरिक विमानस्थल निर्माण
गर्न सम्भाब्यता अध्ययन गरिनेछ ।
७. मावा, रतुवा, कमल, किस्नी खोला तटबन्ध कार्य सम्पन्न गरी
किनारामा हरित पेटी सहित पार्क निर्माण गरिनेछ ।
८. जनतालाई सहज स्वास्थ्य सेवाको पहुँच पु¥याउन गौरादहमा एक
पचास शैयाको अस्पताल निर्माण गरिने छ भने दमक अस्पताललाई
विशेषज्ञ सेवा सहितको सुविधा सम्पन्न बनाइनेछ । आम्दा
अस्पतालमा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा
आइ.सि.यु. सेवा प्रारम्भ भइसकेको छ । यसलाई थप सुबिधा
सम्पन्न बनाइने छ ।
९. यस क्षेत्रमा सञ्चालित विद्यालय र क्याम्पसहरुलाई सक्षम बनाइने
छ । साथै गौरादहमा शुरु हुन लागेको कृषि क्याम्पसलाई व्यवस्थित
र कृषि अनुसन्धान केन्द्रको रुपमा विकास गरिने छ । दमकमा
इन्जिनियरिङ क्याम्पस स्थापना गरिनुका साथै बेलडागी शरणार्थी
क्याम्प नं.१ म वन विज्ञान अध्ययन संस्थान स्थापना गरिने छ ।
उपयुक्त स्थान पहिचान गरी प्रदेशस्तरको मेडिकल कलेज
स्थापनाको लागि पहल गरिने छ ।
१०. सबै जनताहरुलाई स्वच्छ खानेपानी उपलब्ध गराइने छ ।

११. मंगलवारे, क्याम्पा, शिवगन्ज सडक निर्माण कार्य प्रारम्भ भई
सकेको छ यसलाई तोकिएको समय भित्र कालोपत्रे गर्ने काम समेत
पूरा गरिनेछ ।
१२. यस क्षेत्रका बाँकी रहेका आवश्यक कल्भर्ट पुलहरु ३ वर्ष भित्र सबै
निर्माण गरिने छ ।
१३. योजनामा परेका र अन्य आवश्यक सबै मुख्य सडकहरु कालोपत्रे
गरिने छ र सबै साना सडकहरु स्तरोन्नति गरिने छ ।
१४. दमक नगरलाई सफा हरित नगरको रुपमा विकास गरिने छ ।
१५. गौरीगञ्ज, गौरादह, केर्खा बजारलाई आधुनिक नगरको रुपमा
विकास गरिने छ ।
१६. प्राविधिक शिक्षाको विकास गरी युवालाई देशमै रोजगार योग्य
बनाउन दमकमा इलम प्रशिक्षण केन्द्र समेतको विकास गरी एक
बहुप्राविधिक शिक्षालय, गौरीगञ्ज, गौरादह र कमलमा १÷१
प्राविधिक शिक्षालय सञ्चालन गरिने छ ।
१७. ज्ञान विज्ञान, कला, भाषा, साहित्य र संस्कृतिको विकास गर्न
दमकमा १ नं. प्रदेश स्तरकै बहुप्रज्ञाप्रतिष्ठान स्थापना गरिने छ ।
१८. जनतालाई सुशासनको प्रत्याभूति दिन स्थानीय तहलाई सक्षम,
पारदर्शी र चुस्त बनाइनेछ ।
१९. भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या समाधान
गर्न दमक, कमल, गौरादह र गौरीगञ्जमा एकाइ स्तरका आयोग
बनाउने कार्य प्रारम्भ भई सकेको छ । अविलम्ब यो समस्या
समाधान गरिनेछ ।
२०. पाँचवर्ष भित्र एकलाख युवाहरुलाई यसै निर्वाचन क्षेत्रमा रोजगार
दिइने छ ।
२१. ज्येष्ठ नागरिकहरुलाई सुबिधासम्पन्न चौतारीहरु निर्माण गरिने
छ ।
२२. दमकमा निर्माणधीन बसपार्कलाई ई.टिकेटिङ सहितको
सुबिधासम्पन्न बनाईने छ ।
२३. महिला र अपाङ्गका लागि रोजगार र शिक्षाका विशेष कार्यव्रmम
ल्याईने छ ।
२४. दलित,सिमान्तकृत,आदिवासी जनजातिका लागि विशेष कार्यव्रmम
ल्याइने छ ।
२५. सहकारीको माध्यमबाट कृषि औजार सहुलियतमा उपलब्ध
गराउने, कृषि उपजको बजारीकरण गर्ने, स्वरोजगारका कार्यव्रmम
संचालन गर्ने र एक गाउँ एक बाली विकासको वmार्यव्रmम ल्याइने
छ ।
२६. रतुवा माई वृक्षारोपण आयोजना क्षेत्रलाई आयमूलक क्षेत्रको रुपमा
विकास गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah