बिहिबार हुने मतदानका लागि हिजो मध्यरातबाट मौनअबधि सुरु भएको छ । यस अवधिमा कसैले पनि कुनै प्रकारका चुनावी प्रचार गर्न नपाइने गरी निर्वाचन आचारसंहिताले रोक लगाएको छ । त्यस्तै सामाजिक सञ्जालबाट पनि मत माग्न नपाइने भनेर आयोगले स्पष्ट पारेको छ ।यदी कसैले सामाजिक सञ्जाल फेसबुक ट्वीटर भाइवरजस्ता प्रविधि मार्फत मत मागेमा उसलाई कारबाही हुने
पनि आयोगले जनाएको छ । त्यस्ता कृयाकलापमाथि आयोगले चनाखो बनेर अनुगमन गरिएको बताइएको छ । तसर्थ यस समयमा आचारसंहिताको पालनामा सबै कटिबद्ध भएर लाग्नुपर्छ ‘मौन अवधिमा सामाजिक सञ्जाल र मोबाइल फोनको एसएमएसबाट मत मागे, चुनाव प्रचार गरे एक लाख रुपैयाँसम्म जरिवाना र सम्बन्धित उम्मेदवारको उम्मेदवारी खारेजसम्म हुने कानुनी प्रवधान छ,’ निर्वाचन आयोगले चितवनका लागि खटाएको केन्द्रीय अनुगमन समितिका टोली प्रमुख सह–न्यायाधिवक्ता उद्धबप्रसाद पुडासैनीले सोमबार साँझ चितवन जिल्ला प्रशासन कार्यालयमा भएको पत्रकार सम्मेलनमा जानाकारी दिए ।

टोलीका अर्का प्रमुख सह–सचिव रामकृष्ण सुवेदीले उल्लंघनका घटना भए सुचना दिन मतदाता र सर्वसाधरणलाई आग्रह गरेका छन् । ‘हामी पनि खटिरहेका छौं । सुक्षम अनुगमनका लागि अर्को टोली पनि आएको छ । मौन अवधिमा गर्न नपाइने कामहरु कहि कतै भएको रहेछ भने हामीले रोक्ने छौं । यस्ता घटना भएको कसैले देखे जसले पनि सुचना दिन सक्ने छ,’ सुवेदीले भने । पत्रकार सम्मेलनमा दिइएको जानकार अनुसार सोमबार मध्यरातदेखि निर्वाचन प्रचार प्रसार र मत माग्न पाइँदैन । त्यस्तै मतदान केन्द्रको तीन सय मिटर वरपर पार्टीहरुले कुनै खालका प्रचार सामाग्रीहरु राखेका छन् भने ती सबै मौन अवधि सुरु हुनुभन्दा अघि नै हटाएको हुनुपर्छ । उम्मेदवार र राजनीतिक दलको प्रचार प्रसार हुने गरेर सञ्चार माध्यमले समाचारसमेत प्रकाशन र प्रसारण गर्न हुन्न ।

‘मिडियाबाट मात्रै नभएर मोबाइलको एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यमका सामाजिक सञ्जालमार्फत् पनि मत माग्न र निर्वाचनको प्रचार प्रसार गर्न पाइँदैन’ टोली प्रमुख उद्धवप्रसाद पुडासैनीले भने । बिहीबार हुने मतदानको दिन पनि मतदाता, उम्मेदवार र पत्रकार र पर्यवेक्षकहरुले पनि विभिन्न नियमहरु पालना गर्नुपर्ने हुन्छ । मतदानका दिन मतदान केन्द्रमा राजनीतिक दल वा उम्मेदवारका प्रतिनिधिले निर्वाचन चिन्ह वा संकेत नभएको पहिरन, परिचयपत्र र व्याज मात्र प्रयोग गर्नुपर्ने हुन्छ । मतदानका दिन कुनै पनि खालका गाडी प्रयोग गरेर मतदातालाई ल्याउन लैजना पाइँदैन । तर शारीरिकरुपले अशक्त वा हिँडडुल गर्न नसक्ने मतदाताका लागि मतदान अधिकृतले तोकेको सवारी साधन प्रयोग गर्न सकिने छ ।

‘मौन अवधि भनेको एक प्रकारले अघोषित कफ्र्यु जस्तै हो । भेला भएर मत माग्न वा निर्वाचन विरोध कुनै पनि खालका काम गर्न पाइँदैन । भोज भतेर केही गर्न पाइँदैन । भएको पाइएमा कारबाही हुन्छ,’ पत्रकार सम्मेलनमा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने । २० गते बुधबार मध्यरातबाट गाडी चल्न पनि बन्द हुनेछ । ‘दुई पाङ्ग्रे, तीन पाङ्ग्रे वा अन्य खालका जस्ता सुकै गाडीहरु पनि बुधबार मध्यरातबाट चल्ने छैनन् । बिहीबार मतदान सकिएपछि अर्थात् पाँच बजेपछि मात्रै चल्नेछन्,’ प्रमुख जिल्ला अधिकारी भट्टले जानकारी दिए । उम्मेदवार, पत्रकार, पर्ववेक्षक, अनुगमनकर्ता र सरकारी अधिकारीले प्रमुख जिल्ला अधिकारीले स्वीकृति दिएका गाडीहरु मात्रै चलाउन पाउने छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah