रौतहटको बाढी प्रभावित सन्तपुर बस्ती निर्माणमा लागेका सिताराम कट्टेल र कुञ्जना घिमिरेले त्यहाँबाट दुःख व्यक्त गरेका छन् । कुन कुरामा दुख्यो त समाजसेवी धुर्मुस सुन्तलीको मन ? सितारामले आफ्नो फेसबुकमा पोस्ट गरेको यो स्टाटस पढ्नुस् :

संसार भरीका लाखौं सहयोगी हातहरुको सहकार्यमा अहिले हामी रौतहटको सन्तपुरमा बाढी पीडितका लागि ‘एकीकृत नमुना सन्तपुर वस्ती’ निर्माण गरिरहेको सर्वविदितै छ । सयौं स्वयम सेवीहरुको साथमा हामी दुवै पति पत्नी रात दिन यहाँ खटिरहेका छौं । तरपनि धुर्मुस–सुन्तली फाउण्डेसनको विशुद्ध सामाजिक र गैर राजनैतिक पहिचानलाई विभिन्न क्षेत्रबाट धमिलो बनाउने कार्यले बेला बेलामा हामीलाई दुःखीत बनाउने गरेको छ ।

यसै प्रसंगमा केही अनलाईनहरुले आसन्न निर्वाचन र हामीलाई जोडेर जनतालाई अन्योल र हामीलाई विवादित बनाउने गरी भ्रामक समाचार सम्प्रेषण गरेको प्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । हामीहरुले कुनै राजनैतिक दल, समुह वा व्यक्तिलाई भोट हाल्न कहिं, कतै, कहिल्यै र कसैलाई पनि आह्वान गरेका छैनौं ।

‘धुर्मुस–सुन्तलीले फलाना पार्टीलाई भोट माग्न आह्वान गरे’ भन्ने आसयको उक्त कपोलकल्पित समाचारप्रति हामी खेद प्रकट गर्दछौं । स्वतन्त्र नागरिक भएर विशुद्ध रूपमा सामाजिक काममा अघि बढिरहेको बेला यस प्रकारका समाचारले हामी लाई निकै दुःखी बनाएको छ ।

तसर्थ, यस्ता कपोलकल्पित, भ्रामक र नियोजित समाचारप्रति आपत्ती जनाउँदै माघ २४ गते हाम्रो वस्ती निर्माण पुरा गर्ने अठोटलाई सफल पार्न सधैं झैं तपाईंको साथ र सहयोगको अपेक्षा गर्दैछौं धन्यवाद ।’

धुर्मुस सुन्तलि 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah