पाकिस्तान । पाकिस्तानको उत्तरी वाजिरिस्तानमा मंगलबार विस्फोट हुँदा कम्तीमा ६ जनाको मृत्यु भएको छ ।

स्थानीय सन्चारमाध्यमले जनाएअनुसार विस्फोटमा परी ६ जनाको मृत्यु भएको छ भने अन्य आठजना घाइते भएका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सडक किनारामा मोटरसाइकल पार्क गरी राखेको स्थानमा विछ्याइएको विस्फोटक पदार्थ तीनजना सामान्य नागरिकसहित आएको एउटा सैनिक गाडीलाई लक्षित गरी पड्काइएको एक प्रत्यक्षदर्शीले बताएका छन् ।

घटनाबारे थप विवरण आउन केही समय लाग्ने स्थानीय प्रहरीले जनाएको छ । घटनाको जिम्मेवारी समाचार तयार पार्दासम्म कुनै समूहले लिएको छैन । File Photo