दुई साध्वीलाई बलात्कार गरेको आरोपमा २० वर्षको कारावास सजाय भोगिरहेका डेरा सच्चा सौदा प्रमुख राम रहीमकी प्रियपात्र हनीप्रीतले कारागार प्रशासनलाई पत्र लेखेकी छन् ।
पत्रमा उनले आफूलाई आर्थिक समस्या परेको र आफूसँग केस लड्का लागि पैसा नभएको बताएकी छन ।
गत २५ अगस्टमा राम रहीमलाई दोषी ठहर गरिएपछि पञ्चकूलामा हिंसा मच्चिएको थियो । हनीप्रीतले हिंसा मच्चाउने षड्यन्त्र गरेको आरोप छ ।
हनीप्रीतले पत्रमा पञ्चकूला एसआईटीले चार्जशीट पेश गरिसकेको र केस अब पूर्पक्षमा रहेको लेखिन् । अब मुद्दा लड्नका लागि आफूसँग पैसा नभएको उनले लेखिन् । आफ्ना तीनै बैंक अकाउन्ट खुला गरिदिनुपर्ने उनको निवेदन छ ।
यसो नगरिएमा प्राइभेट लयर हायर गर्न नसक्ने किनकि उनलाई दिने पैसा आफूसँग नहुने उनको जिकिर छ ।
एजेन्सी



