बिष्णुप्रसाद पोखरेल
दमक/झापाका गायिका कविता शिवाकोटी सागतिक क्षेत्रमा अब नौलो नाम होइन । आधादशकको अवधिमा उनले थुप्रै गीत गाइसकेकीछन् भने स्टेज कार्यक्रमहरुमा पनि देखिएकीछन् ।
नेपाली होस या हिन्दि सहजै गीत गाउछिन् । उनलाइ शुरुमा त रहरले तान्यो यता तिर तर अहिले उनि यसलाइ आफ्नो जिबन ठान्न थालेकीछन् । संगीतलाइ आफ्नो जिबनसंग गासेर हेर्न थालेकीछन् ।
स्वदेशमा मात्र नभएर बिदेशमा गएर पनि गीत गाएकीछन् । सबै प्रकारका गीतहरु गाउने खुवि उनमा रहेको छ । उनि केहि महिनाभित्रमा नै दूइवटा एल्बम ल्याउने तयारीमा समेत रहेकीछन् । हेर्नुहोस उनिसगको कुराकानी
https://youtu.be/qb_SjhWJ_t8



