पहिलो चरण अन्तर्गत मंसिर १० गते सम्पन्न भएको निर्वाचनको मतगणना शुरु भएको छ । अधिकांश जसो जिल्लामा मतगणना शुरु भएको छ । केही जिल्लाको प्रारम्भिक परिणाम आउन थालेका छन् ।

रुकुम पूर्वमा ११ सय ५९ मत गणना हुँदाको परिणाम  कमला रोका (वाम गठबन्धन) ५०३, हरिशंकर घर्ती (नेपाली कांग्रेस)ले २६५  जितमान पुन (नयाँ शक्ति) २३२

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

ताप्लेजुङ योगेश भट्टराई (वाम गठवन्धन) १३१४ केशब प्र दाहाल (नेपाली कांग्रेस) ६९३

दार्चुलामा मतगणनाको प्रारम्भिक मतगणना प्रदेशसभा क  सूर्य ३५९ रूख ३६३ प्रदेशसभा ख हँसियाहथाैडा ३५९ रूख ३०६ सिन्धुपाल्चोक क्षेत्र नम्बर १ वाम गठबन्धन (अग्निप्रसाद सापकोटा) ७३५ नेपाली कांग्रेस (मोहनबहादुर बस्नेत) ३३५

जाजरकोट प्रदेश ख को अपडेट दीपकजंग शाह कांग्रेस-२८१ करवीर शाही एमाले- ७१४

भोजपुरको प्रदेशसभा ख को अपडेट शेरधन राई एमाले-४६७ गोविन्द कार्की नेपाली कांग्रेस-२७१

मुस्ताङ प्रतिनिधिसभा अपडेट प्रेम तुलाचन एमाले-२७१ रोमी गौचन,कांग्रेस- २५४

रुकुम पूर्वमा प्रारम्भिक मतपरिणाम सार्वजनिक भएको छ । ११ सय ५९ मतगणना हुँदा कांग्रेसका उम्मेदवार हरिशंकर घर्तीले २६५, वाम गठबन्धका उम्मेदवार कमला रोकाले ५०३ मत ल्याएका छन् । नेकपा मालेका उम्मेदवार मोतिराम खड्काले २७, नयाँ शक्ति नेपाल पार्टीका उम्मेदवार जितमान पुनले २३२ र मंगोल नेशनल अर्गनाईजेसन पार्टीका उम्मेदवार रतनबहादुर बुढाले ६ मत प्राप्त गरेका छन् ।

सिन्धुपाल्चोक २ मा राप्रपा प्रजातान्त्रिकका पशुपति शमशेर राणाले शुरुवाती अग्रता लिएका छन् । प्रारम्भिकक मतगणनामा राणाले ५ सय १३ मत पाएका छन् । नेकपा एमालेका शेरबहादुर तामाङले २ सय ३९ मत पाएका छन् । प्रतिनिधिसभा सदस्यमा भोजपुरमा नेपाली कांग्रेसका उमेशजंग रायमाझिले सुरुवाती अग्रता लिएका छन् । उनले २८७ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धि वाम गठबन्धनका माओवादी उम्मेदवार सुदन किरातीले २२२ मत प्राप्त गरेका छन् ।

पूर्वी रुकुममा वाम गठबन्धनको अग्रता

काठमडाौं–पुर्वी रुकुमको शुरुवाती चरणमा बामगठबन्धन अघि देखिएको छ । माओवादी केन्द्रकी कमला रोकाले ५०३ प्राप्त गरेकी छन् भने कांग्रेसका हरिशंकर घर्तीले २६५ मत ल्याएका छन् । नेकपा मालेका मोतिराम खड्काले २७, नयाँ शक्तिका जितमान पुनले २३२ र मंगोल नेशनल अर्गनाइजेशनका रतन बहादुर बुढाले ६ मत ल्याएका छन ।

मनाङमा दीपक मनाङेको अग्रता

काठमाडौं– मनाङमा स्वतन्त्र उम्मेदवार दीपक मनाङे उर्फ राजीव गुरुङले अग्रता लिएका छन् । मनाङ प्रदेशसभा ख का स्वतन्त्र उम्मेदवार गुरुङले १६१ मत ल्याएका छन् । यस्तै उनका निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका कर्मा गुरुङले १०५ मत ल्याएका छन् ।