काठमाडौं- पहिलो चरणमा निर्वाचन भएका ३२ जिल्लाका ३७ निर्वाचन क्षेत्रमध्ये ३५ स्थानको मतगणनाको प्रारम्भिक नतिजा प्राप्त भएको छ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको जारी मतगणनामा २८ स्थानमा अग्रता लिँदै वाम गठबन्धन अगाडि देखिएको छ। एमाले १५ स्थानमा र माओवादी केन्द्र १३ स्थानमा अगाडि छ। कांग्रेसले भने चार स्थानमा अग्रता लिइरहेको छ। अन्य तीन स्थानमा नयाँ शक्ति पार्टी, राप्रपा प्रजातान्त्रिक र स्वतन्त्रका उम्मेदवार अगाडि छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

३५ क्षेत्रको मतगणनामा कहाँ कुन दलको अग्रता ?

नेकपा एमालेले अग्रता लिइरहेका स्थान (१५) ताप्लेजुङ मुस्ताङ बैतडी बझाङ मनाङ मुगु म्याग्दी दार्चुला ओखलढुंगा धादिङ १ धादिङ २ नुवाकोट १ दोलखा पाँचथर जुम्ला

माओवादी केन्द्रले अग्रता लिइरहेका स्थान (१३) रुकुम पूर्व रुकुम पश्चिम रोल्पा १ जाजरकोट सिन्धुपाल्चोक १ कालीकोट १ गोरखा १ गोरखा २ नुवाकोट २ सोलुखुम्बु भोजपुर जुम्ला रामेछाप

कांग्रेसले अग्रता लिएका स्थान (४) संखुवासभा रसुवा लमजुङ बाजुरा

नयाँ शक्ति: गोरखा २

राप्रपा प्रजातान्त्रिक: सिन्धुपाल्चोक २

स्वतन्त्र: हुम्ला