अब केहिबेर देखि झापामा पनि मतगणना शुरु हुदैछ । यसको तयारी शुरु भइसकेको जनाईएको छ । मध्यराती सबै मतपत्र भएका बाकसहरु सम्बन्धित मतदान अधिकृतको कार्यालयहरुमा पुगिसकेको जनाईएको छ ।

अहिले सदरमुकाम तथा मतगणनास्थलको सुरक्षा ब्यवस्था कडा बनाईएको छ । मतगणनास्थलमा तारजाली र सीसी क्यामेरा जडान गरिएको बताइएको छ ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जिल्लाबासीहरु जिल्लाको मतपरिणाम हेर्न र सुन्न आतुर देखिएकाछन् । मतदाता तथा नेताहरुको सदरमुकाममा बाक्लो भिड बढेको छ ।