काठमाडौं,२२ मंसिर– पहिलो चरणमा भएका भएको निर्वाचनको मतगणना कार्य जारी रहेको छ । प्रदेश नम्बर ३ को धादिङ, नुवाकोट, सिन्धुपाल्चोक रामेछाप, रसुवामा मतगणना भइरहेको छ । अहिले सम्मको मतपरिणामअनुसार बाम गठबन्धनका उम्मेदवार अग्र स्थानमा रहेका छन् ।

नुवाकोटको प्रतिनिधि सभा १ तर्फ माओवादी केन्द्रका उम्मेदवार हित बहादुर तामाङ अगाडि रहेका छन् । उनले अहिलेसम्म ४ हजार ५ सय ६० मत पाप्त गरेका छन् भने नेपाली कांग्रेसका उम्मेदवार रामशरण महतले तीन हजार ८ सय ६७ मत पाप्त गरेका छन् ।

रसुवाको निर्वाचन क्षेत्र नंबर एकमा प्रतिनिधि सभातर्फ नेपाली कांग्रेसका उम्मेदवार मोहन आचार्य ४ हजार ७ सय ७२ मत पाप्त गरेका छन् भने, एमालेका उम्मेदवार जर्नादन ढकाल ३ हजार ३ सय २१ पाप्त गरेका छन् ।

यस्तै धादिङ जिल्लाको मतगणना पनि जारी रहेको छ । पछिल्लो मत परिणामअनुसार धादिङ प्रतिनिधिसभा क्षेत्र नं १ बामगठबन्धनका उम्मेदवार भूमि त्रिपाठी १२ हजार ८  सय ३१ मत पाप्त गरेका छन् भने लोकतान्त्रिक गठबन्धन उम्मेदवार विश्व अर्याल ६ हजार १ सय ७३ मत पाप्त गरेका छन् ।

प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं १ बामगठबन्धनका राजेन्द्रप्रसाद पाण्डेले ९हजार ८ सय ७५ मत पाप्त गर्दा उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक गठबन्धन मधुकुमार श्रेष्ठ  ३ हजार ८ सय ७८ मत पाप्त गरेका छन् । प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा क्षेत्र नं २ बामगठबन्धनका शालिकग्राम जमरकट्टेल ले ८हजार ८ सय १०मत पाएका छन् भने, लोकतान्त्रिक गठबन्धन प्रभातकिरण सुवेदीले ३हजार ६ सय ५४ मत पाप्त गरेका छन् ।

यस्तै धादिङ प्रतिनिधिसभा क्षेत्र नं २ बामगठबन्धनका उम्मेदवार अगाडी रहेका छन् ।  क्षेत्र नंबर दुईमा लोहनी र पाख्रिन विच तिव्र प्रतिषपर्धा देखिएको छ ।  बामगठबन्धनका खेम लोहनीले ८  हजार ९ सय ९५ मत पाप्त गर्दा लोकतान्त्रिक गठबन्ध दिलमान पाख्रिनले  ८ हजार २ सय १५ मत पाएका छन् ।

यस्तै प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं १ मा बामगठबन्धनका डां रामकुमार अधिकारीको  ७ हजार १सय ४६ र लोकतान्त्रिक गठबन्धन रमेश धमलाको ६ हजार ८ सय ३४ मत रहेको छ । प्रतिनिधिसभा क्षेत्र नं २ को प्रदेशसभा क्षेत्र नं २ मा बामगडबन्धनका जगत सिंम्खडाको  ७ हजार ७ सय २९ मत र लोकतान्त्रिक गठबन्धन डम्बर तामाङ ७ हजार ६ सय ७१  मत पाप्त गरेका छन् । लोकान्तर बाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah