काठमाडौं उपत्यका अन्तर्गतका १५ सीट मध्ये १३ सीटको मतगणना जारी छ ।

भक्तपुरको दुई निर्वाचन क्षेत्रबाहेक राजधानीका अधिकांश निर्वाचन क्षेत्रको मतगणना जारी छ । काठमाडौंका १० निर्वाचन क्षेत्रमा धेरै जसोमा वाम गठवन्धनले अग्रता जनाएको छ भने ललितपुरका तीन मध्ये दुई सीटमा वाम गठवन्धनले अग्रता देखाएको छ ।

काठमाडौंका १० निर्वाचन क्षेत्रमा कसको अवस्था कस्तो छ ?

काठमाडौं क्षेत्र नम्बर १

सर्वाधिक चासोमा रहेको काठमाडौं क्षेत्र नम्बर एकमा नेपाली काग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता कायम गरेका छन् । दोस्रो स्थानमा विवेकशील साझा का रवीन्द्र मिश्र रहाँदा तेस्रो स्थानमा वाम गठवन्धनका अनिल शर्मा रहेका छन् ।

क्षेत्र नम्बर दुई

काठमाडौं क्षेत्र नम्बर दुईमा वाम गठवन्धनका माधवकुमार नेपालले अग्रता बनाएका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका दीपक कुइकेल रहँदा तेस्रो स्थानमा विवेकशील साझाका सूर्यराज आचार्य रहेका छन् ।

काठमाडौं तीन
काठमाडौं क्षेत्र तीनमा वाम गठवन्धनका उम्मेदवार कृष्ण राई अगाडि देखिएका छन् । दोस्रोमा नेपाली कांग्रेसकी अम्बिका बस्नेत छिन् ।

काठमाडौं क्षेत्र नम्बर चार
काठमाडौं क्षेत्र नम्बर चारमा वाम गठवन्धनका उम्मेदवारले अग्रता बनाएका छन् । एमाले उम्मेदवार राजन भट्टराईले अग्रता बनाउँदा नेपाली कांग्रेसका गगन कुमार थापा दोस्रो स्थानमा छन् ।

काठमाडौं क्षेत्र नम्बर पाँच
काठमाडौं क्षेत्र नम्बर पाँचमा नेकपा एमालेका महासचिव इश्वर पोखरेलले अग्रता बनाएका छन् । दोस्रो स्थानमा नेपाली कांग्रेसका उम्मेदवार प्रकाशशरण महत रहेका छन् ।

काठमाडौं ६
काठमाडौं क्षेत्र नम्बर ६ मा वाम गठवन्धनका झक्कु सुवेदीले अग्रता बनाएका छन् । शुरुमा केही पछाडि रहेका सुवेदीले अग्रता बनाएका हुन् । दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधान रहेका छन् ।

काठमाडौं ७
काठमाडौं क्षेत्र नम्बर सातमा वाम गठवन्धनले अग्रता बनाएको छ । उक्त क्षेत्रमा नेपाली कांग्रेसले राप्रपालाई समर्थन गरेको थियो । उनी दोस्रो स्थानमा रहेका छन् ।

काठमाडौं ८
काठमाडौं क्षेत्र नम्बर आठमा नेपाली कांग्रेसले अग्रता बनाएको छ । उक्त क्षेत्रमा कांग्रेस उम्मेदवार नविन्द्रराज जोशीले अग्रता बनाएका छन् । दोस्रो स्थानमा वाम गठवन्धनका जीवनराम श्रेष्ठ रहेका छन् ।

काठमाडौं ९
काठमाडौं क्षेत्र नम्ब ९ मा पनि वाम गठवन्धनले अग्रता बनाएको छ । उक्त क्षेत्रमा कृष्ण गोपाल श्रेष्ठले अग्रता कायम गर्दा कांग्रेसका ध्यानगोविन्द रञ्जित दोस्रो स्थानमा छन् ।

काठमाडौं क्षेत्र नम्बर १०
काठमाडौं क्षेत्र नम्बर १० मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेसका उम्मेदवार राजन केसीले अग्रता बनाउँदा वाम गठवन्धनका उम्मेदवार हितमान दोस्रो स्थानमा छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah