कैलाली–५ मा प्रतिनिधिसभाका लागि उमेदवार रहेका नेकपा एमालेका नेता नारदमुनी रानाले नेपाली कांग्रेसकी नेतृ डा. आरजु राणा देउवासँगको मतान्तर फराकिलो पारेका छन् ।

उनले सुरुवातदेखिको अग्रतालाई क्रमभंग हुन नदिई निरन्तर रुपले मतान्तर बढाउँदै लगेका छन् । पछिल्लो मत परिणाम अनुसार एमाले उमेदवार राना र कांग्रेस उमेदवार राणाबीचको मतान्तर ३ हजार ३५२ पुगेको छ । रानाले २३ हजार २८ मत पाएका छन् भने राणाले १९ हजार ६७६ मतसहित पछ्याइ रहेकी छन् ।

समानुपातिकतर्फ सभासद् रहिसकेका रानाको जन्म २०२९ सालमा धनगढी उपमहानगरपालिका–८ धनगढी गाउँमा भएको हो । राजनीति शास्त्रमा स्नातकोत्तर गरेका रानाले २०४५ सालबाट राजनीति सुरु गरेका थिए । २०४५ सालमा बामपन्थी विद्यार्थी संगठनबाट राजनीतिमा प्रवेश गरेका रानाले २०५४ सालमा धनगढी नगरपालिकामा उपमेयरमा निर्वाचित भएका थिए ।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा नेकपा एमालेबाट सामानुपातिक सभासद् बनेका रानाले यस पटक भने प्रत्यक्षकै टिकट हात पारेर कांग्रेस नेतृ राणालाई चुनाैती दिइरहेका छन् ।

केही समय अगाडिसम्म धनगढीमा शिवनगर खानेपानी तथा सरसफाई आयोजनाको अध्यक्ष रहेका रानाले आयोजना सम्पन्न गरेपछि उनले गरेको कामको प्रशंसा हुँदै आएको थियो । खानेपानी आयोजनाका लागि जनस्तरवाट जुट्नु पर्ने रकम नउठेपछि उनले आफ्नो घर–जग्गा धितो राखेर खानेपानी सम्पन्न गरेका थिए । ६ महिना सेती अञ्चल अस्पताल विकास समितिको अध्यक्ष रहिसकेका रानाले धनगढी नगर विकास समितिको अध्यक्ष भएर पनि काम गरिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah