काठमाडौं : मंसिर १० र २१ मा सम्पन्न प्रतिनिधिसभा र प्रदेशभाको समानुपातिक तर्फको मतपरिणाम गणना अन्तिम चरणमा पुगेको छ। पछिल्लो मतपरिणाम अनुसार एमालेले पाँच र कांग्रेस दुई प्रदेश सभामा अगाडि छन्।

प्रदेश नम्बर १, ३, ४, ५ र ६ मा एमालेले बढी मत ल्याएको छ भने प्रदेश नम्बर २ र ७ मा कांग्रेसको अगाडि रहेको छ। समानुपातिकमा प्रदेश २ मा कांग्रेसपछि राष्ट्रिय जनता पार्टी (राजपा) दोस्रो भएको छ। प्रदेश २ मा तेस्रो फोरम, चौथो एमाले र पाँचौ माओवादी केन्द्र भएका छन्। प्रदेश ७ मा प्रत्यक्षतर्फ पहिलो भएको एमालेको मत कांग्रेस भन्दा कम आएको छ। प्रदेश ७ मा एमालेले दोस्रो भएको छ।

प्रत्यक्षतर्फ भने प्रदेश नम्बर २ बाहेक ६ वटामा नै एमाले सबै भन्दा बढी सिट जितेको छ। प्रदेश १ मा कुल ५६ सिटमाा एमालेले ३६, माओवादीले १० सिट, कांग्रेसले ८ सिट, संघीय समाजवादी फोरम र स्वतन्त्रले १÷१ सिट जितेका छन्।

प्रदेश नम्बर ३ को कुल ६६ प्रदेशसभा सिटमध्ये एमालेले ४२, माओवादी, १५ कांग्रेस ७ तथा नयाँ शक्ति र नेमकिपाले १÷१ सिट जितेका छन्।

प्रदेश नम्बर ४ मा एमालेले १७, माओवादी केन्द्रले ९, कांग्रेसले ६ र जनमोर्चाले २ तथा नयाँ शक्ति र स्वतन्त्रले १-१ सिट जितेका छन्। प्रदेश ३ मा कुल ३६ सिट रहेका छन्।

प्रदेश नम्बर ५ मा एमालेले २८, माओवादीले १४, कांग्रेसले ७ र फोरमले ३ सिट जितेको छ। प्रदेश ५ मा कुल ५२ सिट रहेको छ।

प्रदेश ६ मा एमाले १४, माओवादी ९ र काँग्रेसले १ सिट जितेको छ। प्रदेश ६ मा कुल २४ सिट रहेको छ। कुल ३२ सिट रहेको प्रदेश नम्बर ७ मा एमालेले १७, माओवादीले १०, कांग्रेसले ४ र राजपाले १ सिट जितेका छन्।

 

उता प्रदेश नम्बर २ मा ६ वटा प्रदेशमा पहिलो भएको एमाले तेस्रो भएको छ। फोरमले २०, राजपाले १५, एमालेले १४, कांग्रेसले ८ , माओवादी केन्द्रले ६ र स्वतन्त्रले १ सिट जितेको छ। प्रदेश २ मा कुल ६४ सिट छन्।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय