मधेशमा बिकास र जनतालाइ सेवा सुबिधा पुर्याउने एमाले कसरी मधेश बिरोधी हुनसक्छ?? विश्व मानचित्रमा नेपाल भौगोलिक हिसाबले सानो भएपनी यहाँको जाती,धर्म,सस्कृतिको बिबिधताले सन्सारबाट नेपाललाइ नियाल्नेहरु लाइ आश्चर्य चकित पार्दछ।हामी भुगोलको हिसाबले हिमाल,पहाड र तराइ गरि तीन ठाउमा बिभाजित छौ र हरेक ठाउमा बस्ने मान्छेहरुमा आ आफ्नै बिशेसता छ।यो सानो तर बिबिधताले भरिएको देश विभिन्न कालखण्ड पार गर्दै अहिले गणतन्त्रात्मक राज्य प्रणालिमा पुगेको छ।यो भन्दा अगाडि राजतन्त्रात्मक ब्यवस्थामा राजा मात्रले आफ्नो हुकुम लाद्ने हुदा जनता धेरै बोल्न अनि आफ्ना हरेक अधिकारहरु बाहिर सम्म पोख्न पाउदैनथे।तर चार वर्ण छत्तिस जातको फुलबारिमा ढकमक गमला भनेझै सबै देसबासी मिलेर बसेको हामिले अनुभुत गरेकै हौ। जब ०६२/०६३ को जन आन्दोलनपछि देश गणतन्त्रमा प्रबेश गर्यो तब जनता अलि बढी जागरुक हुन थाले।यति जागरुक भए कि हुदा हुदा अहिले एउटै देसमा बस्ने दाजुभाइ पनि चिन्न छोडियो ।

यहाँ कहिले आफ्नो आफन्तलाइ जातको नाममा कुट्न थालियो त कहिले धर्मको नाममा।लगभग १०० भन्दा माथि जातजाती रहेको देसलाइ त्यति नै राज्यको आवस्यकता पर्ने जस्तो अवस्था आयो।हिमालमा हिमाली,पहाडमा पहाडी र मधेशमा मधेसी बिचको सौहार्दता मेटिन थाल्यो।यो के कारणले?किन अनि कस्कालागी?भन्ने सम्म पनि हामी सोच्न छोडी सकेउ।हिमाल र पहाडका जनता प्राय बुजकी नै भए।उनिहरु धेरै मात्रामा देस र रास्ट्रीयता प्रती गर्व गर्छन तर तराइमा रहने मधेसी समुदायमा अहिले एक किसिमको भ्रम नै पैदा छ।त्यो कसरी??देसमा अनेकौ राजनैतिक दल छ्न।अझ गणतन्त्र पछि त आफ्नो ब्यक्तिगत फाइदाको लागि पार्टिका पुजिपतिहरु आफू पिच्छे पार्टीहरु खोलिरहेका छन र त्यहाका गरिब दुखी जनतालाइ उल्लु र दास बनाइ रहेका छ्न।देसमा तीन ठुला राजनैतिक दल छन।

काङ्ग्रेसले सन्सदमा सबैभन्दा ठूलो दलको उपमा पाएको छ,एमाले दोस्रो र माओबादि केन्द्र तेस्रो।यी सबैमा आ आफ्नै पहिचान छ।काङ्ग्रेस पुजिपती बर्गको नामले समाजबादको दिशा हुँदै अहिले भारतबादमा फसेको छ भने एमाले सर्बहारा बर्गको नेतृत्व र जबजको सिद्धान्त अनुसार रास्ट्र र जनसेवा गर्दै अघि बढेको छ।त्यस्तै सर्बहाराको नाम गरि क्रान्तिको बिगुल फुक्ने माओबादी अहिले आफ्नो नारा र सिद्दान्त बिर्सेर पाच टुक्रे बन्यो र लम्पसारबादमा फसेको छ।अब अरु सानातिना दल मधेसबादी भनिने हरु मन्त्री हुन पाउँदा जस्तो सुकै कदम पनि चाल्ने र नहुदा त्यहाका जनतालाइ भ्रम फैलाइ उचाल्ने र रास्ट्रीयतालाइ धराप पार्ने अनि दक्षिणिबादमा देसलाइ सुम्पिने सम्मको खेलमा लागेको हामिले छर्लङ्ग देखेकै छौ। देसको राजनिती अहिले अत्यन्तै जटिलताले बाधिएको छ।

आफ्नो स्वार्थको लागि देसलाइ बन्धक पारिदैछ,नेपाल र नेपालिको पहिचान मेटिदैछ,जात धर्म अनि बर्गका नाममा देसका जनता लडाइ बिदेशी हस्तक्षेप बढाइदैछ।देसमा अहिले दुइधारे राजनैतिक गठबन्धन छ।एक खाले माथि लिखित स्वार्थमा रुमल्लीइ देश र जनताको उत्तरदायित्व भुलेको छ भने देसमा अर्को एउटा धार रास्ट्रबादी जो रास्ट्र र जनता प्रती उत्तरदायी छ-त्यो हो जनताको पार्टी नेकपा एमाले। देसमा एमालेले अहिले देखि मात्र हैन पहिल्यै देखि जनताबाट लोकपि्रयता कमाउदै आएको छ।अहिलेको परिस्थितिमा रास्ट्रीयता प्रती लिएको अडान र बिकासका खाकाले हरेक बर्गको मनमा बसेको छ नेकपा एमाले।हिमाल,पहाड र तराइ सबै जनताको पर्याय भन्नू नै नेकपा एमाले हो।

अहिलेका पार्टी अध्यक्ष केपि ओलिको उदय सगै त झन सबै बर्गका हक हितको रक्षा भएको हामिले महसुस गरेका छौ।रास्ट्रीयता प्रती खरो अडान लिएकै कारण अनि सबैलाइ सर्बमान्य जननितिका कारण तराइमा मधेसी कहलिने नेपाली नागरिकहरुले उहाको ठूलो जयजयकार गर्ने गरेका छ्न।यद्यपि त्यहाका मधेसी जनतालाइ शोशित गर्ने २/४ जना ठालु जो आफ्नो स्वार्थको लागि राजनिती गरेर जनतालाइ भड्काउने,रास्ट्रीएयता खतरामा पार्ने,भौगोलिक भ्रमहरु फैलाउने काम भै रहदा पनि एमाले नितिले गर्दा अहिले ती जनता ती शोषक सामन्तीहरुको बिरुद्द नै भएका छन। हामी भुगोलको हिसाबले सानो अनि बिकासको हिसाबले पनि बिश्वलाइ पच्छ्याइ रहेको अवस्थामा छौ।एमालेले देसको हरेक ठाउको बिकासका लागि उत्तिकै योजना ल्याउने गर्छ।

बिगतमा सत्तामा रहदा आफू नजिककालाइ पेट भराइ दिने अनि आफ्नो अनुकुल स्थानको बिकासमा सबै बजेट पस्किने नेताको प्रवृत्तिलाई उल्टाएर पिछडिएको समुदाय र ठाउको बिकासको लागि एमालेले बजेट र बिकासको योजना ल्याएको सर्बबिदितै छ।केपि ओलि प्रधानमन्त्री हुदा मधेस सम्म जोडिने हुलाकि राजमार्ग नेपाली कै लगानिमा बनिने घोषणा गरि बजेट स्वीकृत गरियो।त्यस्तै गरि तराइका विभिन्न गाउ देखि राजमार्गका सडकहरु बिस्तार र मर्मत अनि पुलहरुको निर्माणका लागि बजेट छुट्याइयो,मधेसी तथा पिछडिएका समुदायलाइ स्वास्थ्य सहुलियत,बिमा,शिक्षा,रोजगारिका लागि बजेटमै प्रस्तुत गरियो।मधेसमा बाढिले चुर्लुम्म पार्दा त्यहा उदार र राहतको लागि एमालेको आफ्नै पहलमा सबै कार्यकर्ता मधेशी जनताको उद्दारमा लागे।तर एमाले बाहेकका नौटन्किबाजहरु जब आफ्नो स्वार्थ पर्छ तब ती सोझा जनतालाइ उस्काउछ्न?पछार्छन,विभिन्न बहानामा आन्दोलनमा होमाउछन,ज्यान लिन्छ्न अनि आफू मन्त्री बन्न भारतिय दुताबासमा लम्पसार पर्छ्न।आखिर को रैछ जनताको सेवक पार्टी?जो हरेक पलमा साथ हुन्छ।रास्ट्रलाइ बिभाजित गर्न चाहदैन।

एमालेलाइ मधेस,देसको हरेक ठाउको बिकासका साथै सबै ठाउका जनता उत्तिकै प्यारो लाग्छ र सबैमा आफ्ना कार्यकर्तालाइ भाइचाराको सस्कार फैलाउन सन्देश पनि दिएको छ न कि अरु राजनैतिक दल जस्तो नश्लबादी चिन्तनमा सोझा जनतालाइ आफ्नो ढाल बनाएको छ।एमाले एक देश,सबै जनताको पक्षमा सर्बपक्षिय निर्णयमा हुन्छ ।उसले जनतालाइ अन्धो सम्झेर भ्रमको खेती गर्दैन र आज सबै जनताको मन मनमा बस्न सफल छ।यसरि देसको सर्बोपरी हित अनि विशेष गरि पिछडिएको बर्ग आदिबासी,मधेशिको अधिकार र बिकासकोलागी लड्ने एमाले नै हो,त्यसैले भ्रमको खेती गरेर ती मधेशी जनतालाइ उल्लु बनाउने बिरुद्द अब त्यहाका जनता जाग्नु जरुरी छ |

अनि आफ्नो र रास्ट्रको हितमा आफ्नो तनमन लगाउनु जरुरी छ।एमालेले देस र हरेक जनताप्रती देखाएको उत्तरदायित्व उत्कृष्ट छ र कुनै पक्ष यसमा असन्तुष्ट हुदैन।यसरी जनताको सेवा र रास्ट्र हितमा तल्लिन रास्ट्रबादी पार्टी नेकपा एमाले कसरी नेपालको कुनै भुगोल बिरोधी वा त्यहाका समुदाय बिरोधी हुन सक्छ??यो ढोगी मानसिकता भएका रोगी,दलालहरुले क्षणिक स्वार्थकालागी सोच्ने कुरा र मधेशी जनताले यसलाइ निश्पक्षताका साथ बुझ्ने कुरा हो।जय देश!!जय ओलि!!नेकपा एमाले जिन्दावाद !!

लाईट नेपाल डट कम बाट लिएको

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय