काठमाडौ/ पछिल्लो समय सामाजिक संजालमा रबि लामिछाने र दिल निशानीको जुहारीले मिडियामा तरङ्ग पैदा गर्यो ।
रबि लामिछाने अनागरिक हुन भन्ने प्रसङ्गले रबिका फ्यानहरुलाइ चिड्यायो र दिल निशानी मगरलाई संजालमा बिरोध गर्नेहरुको लहर नै कुर्लियो।
तर यता दिल निशानी मगरले भने रबि लामिछाने अनागरिक भएको अकाट्य र ध्रुब सत्य छ भनिरहेका छन।
रबि लामिछानेको पत्रकारिताले राष्ट्रिय संबेदनसिलता माथी प्रश्न उठाएको दाबी समेत गरिरहेका छन ।









