लखनउ, ८ पुस– भारतीय राज्य विहारका पूर्व मुख्यमन्त्री तथा राष्ट्रीय जनता दलका अध्यक्ष लालु प्रसाद यादव चारा घोटाला काण्डमा दोषी ठहर भएका छन् । रांचीस्थित केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई) अदालतले शनिवार फैसला सुनाउँदै लालुलाई दोषी ठहर गरेको हो ।

लालु यादव दोषी ठहर भएसँगै उनलाई अदालत परिसरबाटै पक्राउ गरिएको छ । उनी फैसला आफ्नो पक्षमा आउने विश्वासका साथ शुक्रवार विहानै राँची पुगेको थिए ।

उक्त केषमा जोडिएका विहारका पूर्व मुख्यमन्त्री जगन्नाथ मिश्रा भने रिहा भएका छन्।  उनका अलावा उक्त प्रकरणमा जोडिएका ध्रुव भगत पनि रिहा भएका छन् ।

सन् १९९० देखि १९९४ को बीच देवघर कोषागार (ट्रेजरी)बाट पशुका लागि चारा बाँड्ने नाममा ८९ लाख २७ हजार भारतीय रुपैयाँ निकालिएको थियो । जतिबेला लालु विहारका मुख्यमन्त्री थिए ।

यद्यपि यो पूरा चारा घोटाला ९५० करोड रुपैयाँको हो । जसमा एक देवघर कोषागारसँग जोडिएको छ । यो मामलामा कूल ३८ जना आरोपी थिए । यी सबैजना विरुद्ध सीबीआईले २७ अक्टोबर १९९७ मा मुद्दा दर्ता गरेको थियो । आज (शनिवार) लगभग २० वर्षपछि यो मामलमा फैसला भएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah