काठमाडाैं, १४ मंसिर । त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँको बर्खास्ती र चिकित्साशास्त्र अध्ययन संस्थानका डिन डा केपी सिंहको राजीनामाका सवालमा कुला नमिलेपछि गोविन्द केसी र सरकारका प्रतिनिधिबीच सोमवार भएको वार्ता पनि पनि निष्कर्षमा पुग्न सकेन । चिकित्सा शिक्षा र सेवासँग सम्बद्ध १० बुँदे मागसहित १७ औं दनदेखि आमरण अनसनरत केसीको स्वास्थ्य स्थिति भने एकदमै नाजुक भैसकेको छ । मंगलबार केसीको अनसन १७ औं दिनमा पुगेको छ । संस्थानको डिन हटाउनु भन्दा पनि यसमा निष्पक्ष नियुक्तिको लागि प्रकृया बनाउनु पर्ने तर्क सरकारी पक्षले अघि सारेको थियो । केसीको स्वास्थ्यमा दिनहु जटिलता थपिदै जाँदा समेत सरकारी वार्ता टोलीले केसी पक्षलाई थकाउने रणनीति अपनाएको आरोप लगाए। सरकारी वार्ता टोलीका शिक्षा सचिव शान्त बहादुर श्रेष्ठले वार्ता सहमति नजिक पुगेको दावी गरे । कान्तिपुर दैनिकमा खबर छ ।
गोविन्द केसीको स्थिति नाजुक
सवाल नेपालसंवाददातामंगलबार, १२ मङ्सिर २०७३

गोविन्द केसीको स्थिति नाजुक
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण

यो पनि पढ्नुहोस् »
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

रोजगारमुखी शिक्षातर्फ विद्यार्थीको रोजाइः दमक आदर्श बोर्डिङ्ग स्कूलमा बढ्दो आकर्षण
बुधबार, १३ जेठ २०८३
बक्राहा खोलामा महिला मृत फेला प्रकरण : मृतकका श्रीमान पक्राउ
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशका ४ सहित ११ वटा निर्माण कम्पनी कालो सूचीमा
बुधबार, १३ जेठ २०८३
नेपालमा उच्च रक्तचापका बिरामीको संख्या बढ्दै
बुधबार, १३ जेठ २०८३
कोशी प्रदेशमा तीन दिन गणतन्त्र दिवस मनाइने
बुधबार, १३ जेठ २०८३



