प्योङयाङ । अमेरिकी रक्षा मन्त्रालयले उत्तर कोरियामा अझ धेरै बल प्रदर्शन गर्ने रिपोर्ट सार्वजनिक गरेको छ । जसलाई उत्तर कोरियाले कडा शब्दमा भत्सर्ना गरेको छ । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपतिको सामरिक नीतिको पनि आलोचना गरेको छ । डोनाल्ड ट्रम्पले वासिङटनमा उत्तर कोरियाको परमाणु कार्यक्रमबाट उत्पन्न हुने चुनौतीसँग जुझ्न तयार रहेको बताएका थिए ।

ट्रम्पले यस्तो बताइरहँदा वास्तविकता भनेको सन् २०१७ उत्तर कोरियाको लागि सफल साबित रह्यो ।

कयौँ विश्लेषकहरुको दाबी छ, उत्तर कोरियाले परमाणु बमको पनि विकास गरिसकेको छ । यो दाबी सही भए या नभए पनि यति धेरै अन्तर्राष्ट्रिय प्रतिबन्धका वावजुद उत्तर कोरियाले जुन रफ्तारले अत्याधुनिक हतियारको विकास गरेको छ, त्यो निकै आश्चर्यजनक रहेको छ ।

रोचक कुरा, उत्तर कोरियाले मात्र एक उद्देश्यले यति धेरै हतियार एकत्रित गरिरहेको छ, त्यो हो मौजूदा शासक हटाउन सम्भावित अमेरिकी दख्खल ।

सन् २०१७ मा उत्तर कोरियाले सामरिक हिसाबले चार महत्वपूर्ण कदम हासिल गरेको छ । जसले उसलाई अझ शक्तिशाली बनाएको छ ।

१. हमलाका लागि क्षेप्यास्त्र तयार

उत्तर कोरियाले यो वर्ष जवाफी हमला गर्ने क्षमता विस्तार गरेको छ । यो सम्भव भएको छ, ‘सोलिड फ्यूल’ क्षेप्यास्त्रको मद्दतबाट । यस वर्ष उत्तर कोरियाले यस्तो प्रविधि भएको कयौँ परीक्षण गरेको छ । कयौँ विश्लेषकको नजरमा यो शानदार प्रगति हो ।

युएस सेन्टर फर ननप्रोलिफिरेशन जेम्स मार्टिनका वरिष्ठ रिसर्चर मेलिस्सा हेनहेम भन्छिन्, ‘सोलिड फ्यूलको सीधा अर्थ हो, उत्तर कोरिया अब निकै तीव्र गतिमा क्षेप्यास्त्र हिर्काउन सक्छ ।’

ठोस इन्धन (सोलिड फ्यूल) को विशेषता भनेको यसलाई तरल इन्धन जस्तै लोड गर्न पर्दैन । अर्थात् यो हर समय तयार रहन्छ र दुश्मनलाई यसको पहिचान गर्न समय पनि मिल्दैन । उत्तर कोरियाले २०१६ मा पहिलोपटक यो परीक्षण गरेको थियो । तर, सन् २०१७ को फेब्रुअरी र मेमा उत्तरले यसको परीक्षण अझ परिस्कृत ढंगले गर्यो र त्यसमा नयाँ रकेट जडान गर्यो ।

उत्तर कोरियाले यसपछि ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने दाबी गरेको छ । यस परीक्षणपछि किम जोङ उनले दाबी गरेका छन्, उत्तर कोरिया क्षेप्यास्त्र युद्धका लागि तयार छ । समाचार एजेन्सी द डिप्लोम्याटका अनुसार उत्तर कोरियाली नेताले ठूलो संख्यामा क्षेप्यास्त्रहरु तयार गर्न आदेश दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah