१३ पुस– मकवानपुरको भीमफेदी कारागारमा बिहीवार दिउँसो कैदीबन्दीबीच झडप हुँदा ६ जना घाइते भएका छन् ।

जेलका नाइके रमेश लामाको विरुद्धमा बोलेको बिषयलाई लिएर बिबाद हुँदा कैदीबन्दीबीच झडप भएको हो ।

इलाका प्रहरी कार्यालय भीमफेदीका प्रमुख प्रहरी निरीक्षक बोध प्रसाद यादवका अनुसार लामाको बिरुद्धमा बोलेको भन्दै लामापक्षका कैदीले अर्को पक्षमाथि आक्रमण गरेका थिए ।

झडपमा भीमफेदी कारागारमा कैदी जीवन विताइरहेका   दिव्य श्रेष्ठ, सुरेश थिङ, सुवास प्रधान, बाबु रेग्मी, मधु गिरी र आशिष राई घाइते भएका प्रहरी निरीक्षक यादवले  लोकान्तरलाई बताए ।

घाइते भएकामध्ये चारजनाको हेटौंडास्थित चुरेहिल अस्पतालमा उपचार भैरहेको छ । बाँकी दुईजना कैदीलाई भने सामान्य उपचार पछि पुनः जेल लगिएको छ ।

भीमफेदी कारागारमा  ८ सय ४५ जना कैदीबन्दी छन् । कारागारको सूरक्षाका लागी सशस्त्र प्रहरी नायव उपरीक्षकको कमाण्डमा ३० जनाको टोली खटिएको छ । कारागार भित्र ५ जना नेपाल प्रहरीको टोली समेत सुरक्षाका लागि परिचालन गरिएको छ ।

झडपमा संलग्न  १७ जना कैदीलाई पुरानो भवनबाट नयाँ भवनमा सारिएको कारागार प्रशासनले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah