जाली तमसुकबाट ७ गाँउ ठग्ने श्याम परेदेशी, १२ बर्षकी छोरी पठाए तमशुक च्यातिने शर्त !
मुलुकबासीले दैनिक भोग्ने समस्याहरुप्रति राज्य जानकार छ तर आफुले नभगोपछी दुखः के हो भन्ने थाहा नहुने रहेछ । गाँउ स्वास्थ्य चौकी छैनन्, स्वास्थ्य चौकी भए डाक्टर छैनन, डाक्टर भए औषधी छैन र यो कुरा कुन जनप्रतिनीधिलाई थाहा छैन ? स्कुल छैनन्, स्कुल भए छानो छैन, छानो भए शिक्षक छैनन्, शिक्षक भए कापी कलम पुस्तक छैनन् । यो कुरा कुन जनप्रतिनिधिलाई थाहा छैन ? सरकारी कार्यालयहरु छन् तर सिष्टम छैन, मान्छे न चिन्नेले त यो मुलुकमा बाँच्न पनि पाउँदैन र शायद मरिसकेर जलाउँदा सम्म पनि चिनेको कोही न कोही हुनै पर्छ । यो कुरा कुन जनप्रतिनीधिलाई थाहा छैन । सडकमा हिलो, धुलो र धँवा खै खाएको ? साझ विहान सार्वजनिक सवारीको सास्ती खै भोगेको ? अस्पताल र सरकारी कार्यालयहरुमा खै लाईन लागेको ?
आज अहिले यतिखेर पनि चाकडीवाजहरु मालदार मन्त्रालय, विभाग र कार्यालयमा आफ्नो सरुवा गराउन कतै न कतै डिनर गर्दैछन् । ठुला ठुला नियुक्तिहरुको त के कुरा भो र । पावर सेन्टरहरुमा डिल चल्छ । एकैछिन हाम्रो जिवनचक्र हेरौँ, जन्मिनु अघि सुत्केरी व्याथा लाग्ने वित्तिकै भनसुन र चिनजान नभई हुँदैन । चिनेको अस्पताल, डाक्टर वा कर्मचारी भए राम्रो वेडमा उपचार र हेरचाह हुन्छ भन्ने सोच लिएर भनसुन र चिनजानको श्रृङखला शुरु हुन्छ । जन्मेपछी चिनेको मान्छे भए जन्म दर्ता, सिफारिस छोटो हुने, चिनेको मान्छे भए राम्रो स्कुल पढ्न पाईने, चिनेको शिक्षक, शिक्षिका प्रिन्सिपल भए एक्सट्रा केयर हुने, चिनेको मान्छे भए मात्र स्कुल, पछि कलेज, जागिर र प्रोमोशन, रिटायरमेन्ट र बुढेसकाल सम्मको जीवन सहज हुने ।
मरणासन्न हुदा सम्म पनि मान्छे चिनेकै हुनुपर्छ । चिनेको मान्छे भए समयमा एम्बुलेन्स आउँछ र चिनेको अस्पतालमा उपचार पाईन्छ । चिनेको डाक्टर भए अलि बढि बाँचिन्छ भन्ने विश्वासमा जिउनु परेको छ । जब मुत्यु हुन्छ अझै पनि चिनेकै मान्छे भए सययमा राम्रो शवबहानले लाश लैजान्छ, चिनेको मान्छे भए राम्रो दाउरा पाईने, जलाउने राम्रो ठाँउ वा गाड्ने राम्रो ठाँउ पाइन्छ ।काजक्रिया गर्न चिनेको पण्डित चाहिने त भईनै हाल्यो । जन्मिनु अघि देखी मृत्यु पछि पनि मान्छे नचिनी केही नहुने संस्कारमा हुर्केका हामीले सिष्टम बसाल्न कहिल्यै सकेनाँै । मान्छे नचिन्ने हो भने राम्ररी जन्मन र राम्ररी मर्न पनि पाईन्न ।
दुनिया कहाँबाट कहाँ पुगी सक्यो । संसारका गए गुज्रेका देशहरुले समेत सिष्टम डेभलप गरिसके । ति देशहरुमा अव नियमसँगत काम गर्न, कानुनी तवरले दैनिक जीवन बाँँच्न कुनै माइकलाललाई कहिल्यै पनि चिन्नु पर्दैन । सिर्फ सिष्टममा काम हुन्छ । तर हाम्रो मात्र मुलुक छ जहाँ २१ आँै शताब्दीमा पनि काम हुन कि मान्छे चिन्नु पर्छ कि घुस दिनु पर्छ ।
आजको बिशेष
कर्जाले बनायो कंगाल, सर्लाहीका श्याम परदेशीले ७ गांउका ३ सय परिवार ठगे
आफ्नो सबथोक बेच्दा समेत ऋण तिर्न नसक्ने रिनादेवीलाई ऋणको भन्दा भारी त तब प¥यो जब श्याम कृष्णले उनकी १२ बर्षीय छोरीलाई आँफुसँग छोड्दिए सबै ऋण मिनाह गर्ने सर्तह राखे । छोरी जिम्मा लगाउन नसकेपपछि केही समयमा उनलाई सर्लाही जिल्ला अदालतबाट ९० लाख रुपैंया कृष्ण बहादुर शाह लाई तिर्नुपर्ने भन्दै पत्र आएको उनको गुनासो छ । ठगी गर्ने व्यक्तिलाई प्रहरीले सुरक्षा दिईरहेको छ । पिडितसंग खाना खाने पैसा छैन् । उनिहरु गौशालाको आश्रममा रात काटिरहेको छन् ।
यातायात कार्यालय सुकेधाराका प्रमुख पनि अख्तियारको नियन्त्रणमा
विदेशी लाइसेन्स नेपालीकरणको नाममा भ्रष्टाचार गरेको आरोपमा यातायात व्यवस्था कार्यालय सुकेधाराका उपचसचिव र शाखा अधिकृत पनि पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार सुकेधारा कार्यालयका प्रमुख सुन्दर भट्टराई र अधिकृत यमलाल ढकाललाई पक्राउ गरेको हो ।
बालवालिका केन्द्रले आफ्ना सन्तान वेपत्ता पारेको भन्ने अविभावक बढे
धापासी स्थीत अशाहाय बालबालिका शिक्षा केन्द्रले पढाउने भनेर लिएको बालबालिका वेपत्ता पारेका अन्य अभिवावकहरु पनि हाम्रो कार्यालयमा आएका छन् । गोरखाका हिरामान गुरुङ, सुनील धमला, धादिङकी सबिना गुरुङ जस्तै गरी रसुवाकी अनु पौडेल र सोही स्थानका प्रजव्ल पौडेल पनि शिक्षा केन्द्रबाट गायब भएको परिवारको दाबी छ ।
हेर्नुहोस भिडियो









