राँची : भारतको बिहारका पूर्वमुख्यमन्त्री लालुप्रसाद यादव चारा घोटाला प्रकरणमा दोषी पाइएपछि जेल परेका छन्।राँची सिभिल अदालतले दोषी ठहर गरेपछि यादवलाई बिरसा मुन्डा सेन्ट्रल जेल लगिएको छ।

उक्त जेलमा भिभिआइपी कैदीहरुलाई राख्ने गरिन्छ। जेलमा पुगेपछि उनका छोरा तेजश्वीले आफ्ना बुवालाई भात नदिन आग्रह गरेका हुन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

जेलको कोठामा उनलाई सोधियो(‘सर रातको खाना के लिनुहुन्छ ?’

लालु चुपै रहे। सँगै रहेका उनका छोरा तेजश्वीले भने(‘बुवालाई भात होइन रोटी दिनुहोला।‘ तेजश्वीको आग्रहअनुसार पहिलो रातको खानामा यादवलाई पाँचवटा रोटी, एक कचौरा दाल, अचार र काउलीको तरकारी दिएको जेल प्रशासनले जनाएको छ।