साध्वीमाथि बलात्कार अभियोगमा रोहतक जेलमा २० वर्षको सजाय काटिरहेका राम रहिमका दाहिने हात डा महिन्दर इन्सानलाई प्रहरीले पक्राउ गरेको छ । उ
नी सिरसास्थित डेरा सच्चा सौदामा लुकेर बसेका थिए । उनीमाथि डेरा सच्चा सौदाका अनुयायीहरुलाई अप्रेशन गरेर नपुंसक बनाएको आरोप लागेको छ । अदालतले उनलाई तीन दिनको प्रहरी हिरासतमा पठाएको छ ।
हरियणा प्रहरीको एसआईटीले गुप्त सूचना प्राप्त भएपछि आइतबार डेरामा छापा मारिएको थियो । कयौं कोठाहरुमा छापा मार्ने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको छ ।



