राप्रपाका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले वाम गठबन्धनको नेतृत्वमा सरकार बनाउनुपर्ने बताएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै उपप्रधानमन्त्री थापाले संविधान निर्मााका क्रममा केही कमजोरी भएका कारण चुनाव सम्पन्न भएको लामो समयसम्म सरकार गठन हुन नसकेको बताए ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘अहिले देखिएको संवैधानिक जटिलताहरुमा हामीले संविधान जारी गर्दा पर्याप्त ध्यान दिईएन, खासगर चुनाव सम्पन्न भएपछि नयाँ सरकार गठन हुनुपर्ने हो, तर ठूला दलहरुले सिर्जना गरेको जटिलताका कारण नयाँ सरकार गठनमा ढिलाई भयो,’ थापाले भने, ‘अब चाहीँ सरकार निर्माणको ट्रयाकमा हिँडेको छ, राष्ट्रिय सभाको निर्वाचन सम्पन्न भएपछि संघीय संसदले पूर्णता पाउँछ, संसदले पूर्णता पाएको एक हप्ताभित्रै नयाँ सरकार गठन हुन्छ।’