दमक/२ सय ९६ औ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवस झापामा पनि मनाईएको छ । राप्रपाले दमकमा एक औपचारिक कार्यक्रम गरेर नै पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाएको हो ।

कार्यक्रमको प्रमुख अतिथि रहेका राप्रपाका सहमहामन्त्रि राम थापाले हिन्दु राज्य, राजसंस्था आजको आवश्यकता रहेको बताए । उनले शाह बंशले मूलकको एकीकरणमा महत्वपूर्ण भूमिका खेलेको बताउदै त्यो योगदान भुल्नु नहुने जनाए ।

सहमहामन्त्रि थापाले मूलकको पहिचान र राष्ट्रियतासंग हिन्दुराष्ट्र र राजतन्त्र जोडिएको भन्दै टिप्पणी समेत गरेका थिए ।
राप्रपा नगर अध्यक्ष भीम पौड्यालको अध्यक्षतमा भएको कार्यक्रमको सञ्चालन नगर सचिब अर्जुन रेग्मीले गरेका थिए । यसैबीच यहि अवसरमा आज साँझ दमकमा दीप प्रज्वलन समेत भएको छ ।




