गत वर्षको असफल प्रयासपछि भारतले पहिलो पटक अन्तरिक्षमा रकेट प्रक्षेपण गरेको छ।

३१ वटा भूउपग्रह सहितको पीएस्‌एल्‌वी-सी ४० नामक उक्त रकेट आन्ध्र प्रदेश राज्यबाट अन्तरिक्षतर्फ उडेको थियो।

नक्साङ्कन र चित्राङ्कन गर्ने अन्तरिक्षयान सहितको उक्त रकेटमा अरू छ देशका भूउपग्रहहरू पनि छन्।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठनले शुक्रवार श्रीहरिकोटाबाट यो रकेट प्रक्षेपण गरेको हो।

उपलब्धि
संयुक्त राज्य अमेरिका, ब्रिटेन, फ्रान्स, क्यानेडा, दक्षिण कोरिया र फिन्लेण्डका ती भूउपग्रहले मुख्य रूपमा पृथ्वीको अवलोकन गर्ने बताइएको छ।

त्यसबाहेक सञ्चार सम्पर्कका लागि पनि तिनको प्रयोग गरिने छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त प्रक्षेपण भारतका लागि गौरवपूर्ण उपलब्धि भएको बताएका छन्।

यसअघि अघिल्लो वर्ष पीएसएलवी-सी ३९ नामक मिशन विफल भएको थियो।

विज्ञान मामिलाका जानकार भारतीय पत्रकार पल्लव बागला भन्छन् – कुनै पनि रकेट विफल भएपछि त्यसलाई मर्मत गरेर पुन: प्रक्षेपण गर्नु एकदमै ठूलो कुरा हो।

उनका अनुसार यो रकेटको प्रक्षेपण विफल भएको भए त्यसले भारतीय पक्षलाई चिन्तित बनाउने थियो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah