ष्ट्रिय परीक्षा बोर्डले शनिबार साँझ कक्षा ११ को नियमित परीक्षाको नतिजा  सार्वजनिक गरेको छ । परीक्षामा ३ लाख ४७ हजार ७ सय ४८ विद्यार्थी सहभागी भएका बोर्डका परीक्षा नियन्त्रक डम्बर बतासले जानकारी दिनुभयो ।

बोर्डले पहिलो पटक ग्रेडिङ्ग प्रणालीमा नतिजा सार्वजनिक गरेको उहाँले जानकारी दिनुभयो । गत असारमा भएको  परीक्षाको नतिजामा ७४ जनाको परीक्षा रद्द गरिएको र १ जनाको परीक्षा स्थगित गरिएको उहाँले जानकारी दिनुभयो ।

परीक्षार्थीले कुनै एक विषयमा डी प्लस प्राप्त गरेका र कुनै एक विषयको परीक्षामा अनुपस्थित रहेका विद्यार्थीका लागि भने पुन : परीक्षा दिन पाउने बोर्डले व्यवस्था गरेको छ ।

बोर्डले त्यस्ता विद्यार्थीका लागि आगामी माघ २७ गते एक दिन परीक्षा संचालन गर्ने भएको परीक्षा नियन्त्रक बतासले जानकारी दिनुभयो ।  एकभन्दा बढी विषयमा डी प्लस भन्दा कम छ भने त्यस्ता विद्यार्थीको अर्को साल मात्रै परीक्षा दिन पाउने छन् । ग्रेडिङ प्रणाली लागु भएसँगै विद्यार्थीले विषयगत रुपमा नतिजा पाउने छन् ।

स्थानीय तहको चुनावका कारण देखाउँदै पटक पटक मिति सार्दै असार १ गतेदेखि संचालन भएको कक्षा ११ को परीक्षा नतिजा पनि प्रतिनिधि तथा प्रदेशसभा चुनावको कारण देखाउँदै बोर्डले सात महिना पछि नतिजा सार्वजनिक गरेको हो ।

परिक्षाको नजिता http://www.neb.gov.np/results र http://neb.ntc.net.np/मा हेर्न सकिने परिक्षाबोर्डले  जनाएको छ ।  तर पहिलो पटक ११ कक्षाको नतिजा ग्रेडिङ प्रणालीमा प्रकाशन गरेकोले  नतिजा हेर्न समस्याभइरहेको पनिबोर्डले जनाएको छ ।

परीक्षा नियन्त्रक बतासले, ९० भन्दामाथि अंक ल्याउनेको ए प्लस, ८० देखि ८९ सम्म ए, ७० देखि ७९ सम्म बि प्लस, ६० देखि ६९ सम्मको बी, ५० देखि ५९ ल्याउनेको सी प्लस, ४० देखि ४९ सम्मल्याउनेको सी, ३० देखि ३९ सम्मको डी प्लस, २० देखि २९ ल्याउनेको डी र ० देखि १९ ल्याउनेको इ ग्रेड आउने जानकारी दिनुभयो

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah