दमक/माओबादी केन्द्रका नेता गोपाल किरातीले अब माओबादी केन्द्रको नेतृत्व आफूले गर्ने बताकाछन् । उनले एमालेसंगको एकीकरणको बिरोध गर्दै यस्तो बताएका हुन् । उनले सामाजिक सञ्चाल फेसबुकमा यस्तो धारणा राखेकाहुन् ।
उनले फेसबुकमा लेखेकाछन्
‘प्रचण्डपथको अवसान’ शिर्षकमा घुँडा धसेर पुस्तक लेख्न थालियो । हिजो संविधान घोषणा हुँदा “प्रचण्डपथको विजय” शिर्षक लेखसंग्रह प्रकाशित गरियो । पुजीवादी नै सही, गणतन्त्र निर्माणसम्मलाई त्यो ‘विजय’ नै थियो र मान्नु पनि पर्छ । तर बैचारिक, राजनीतिक, सांगठनिक दृष्टिले एमालेकरणमा विसर्जनपछि स्वतः त्यसको ‘अवसान’ भयो । अब कथङकालिन माओवाद र पहिचानविरोधि एमालेसितको दक्षिणपन्थि एकता भाँडिएछ भने ‘जसको बिचार, उसको नेतृत्व’ पद्धति कार्यान्वयनको आधारमा गोपाल किरातीले नेकपा (माओवादी केन्द्र)को प्रमुख नेतृत्व दावी गर्छ ।




