दमक/प्रहरीको जागिर छाडेर बेश्यालय चलाउने एक व्यक्ति पक्राउ परेका छन्। कालिमाटीमा रेष्टुरेन्टको आवरणमा कोठी चलाउने पूर्व प्रहरी भिम बहादुर विकलाई प्रहरीले पक्राउ गरेको हो।

महानगरीय प्रहरी वृत्त कालिमाटीले विक र दुई महिलालाई शुक्रबार पक्राउ गरेको हो। दुई महिलालाई राखेर विकले बेश्यावृत्तिमा लगाउदै आएको महानगरीय प्रहरी वृत्त कालिमाटीका डिएसपी प्रदीप क्षेत्रीले बताए। कालिमाटीको काठमाडौं इन्जिनियरीड कलेज अगाडि उनले भ्यू प्वाइन्ट नामक रेष्टुरेन्ट चलाउदै आएका थिए।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

पक्राउ परेका विक पूर्व प्रहरी हुन्। जागिर छाडेर उनी यस्तो धन्दामा लागेको प्रहरीले जनाएको छ। पक्राउ परेका तीनै जनालाई सार्वजनिक अपराध मुद्दामा प्रहरीले कारबाही अघि बढाएको छ।